• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

  •  सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित

गलकोट (बागलुङ) । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ। जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ।

करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आउनुभएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताउनुहुन्छ। उहाँले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताउनुभयो।

“आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहेलित हुनुपर्ने, विद्यालयमा हेला हुनुपर्ने तथा विभिन्न लान्छना लाग्ने गर्दछ”, सङ्क्रमित महिलाले भन्नुभयो, “सङ्क्रमित भएर अन्य नागरिक सरह हिँड्न समस्या छ, परिवारबाट तपाईँ खुलेमा हामीलाई सबैले सङ्क्रमितको परिवार भन्छन् भन्ने सुझाव आउँछ।”

संक्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसँग गुनासो गर्ने गरेका छन्। बागलुङमा पछिल्लो समय संक्रमणको सङ्ख्या बढ्दै गए पनि खुलेरै समाजमा आउनेको संख्या न्यून छ। पछिल्लो समयमा संक्रमितले परीक्षण गर्ने, संक्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या भने बढिरहेको छ।

धौलागिरी अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैरसरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमित सम्पर्कमा आउन थाले पनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउँछन्। धौलागिरी प्रादेशिक अस्पतालमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परिक्षण तथा नियमित रूपमा औषधी उपचार र गोपनियताका कारण सङ्क्रमित सम्पर्कमा भने आउन थालेका हुन्।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बागलुङमा १९ बालबालिकासहित २१५ जना संक्रमित नियमित औषधी सेवन गरिरहेका छन्। स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेका छन् । उनिहरूले सामाजिक विभेद रहेकाले आफूहरू खुल्न नसकेको बताउँदै आएका छन्। उनिहरूलाई गोपनियताको ढंगले औषधी दिने तथा परामर्श दिँदै आएको शर्माको भनाइ छ। परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको सङ्ख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।

एचआइभी सङ्क्रमितहरू अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँमा पुगेर नमूना सङ्कलन गरी गोप्य रूपमा उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेकोे धौलागिरि प्रादेशिक अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनुभयो।

सेन्टरले एचआइभी एड्ससम्बन्धी गैरसरकारी संस्थाहरूको सहयोगमा सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषणलगायत धेरै सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ।रासस

सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.