• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

  •  बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित

काठमाडौँ ।  स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने बताउनुभयो ।

अध्यक्ष थापाले गुणस्तर स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य बीमाको विकासबाट मात्र सम्भव रहेको बताउनुभयो । उहाँले अहिले एक जना बिरामीले उपचार गरेबापत सयमा ५५ रूपैयाँ आफैँ खर्च गर्ने गरेको उल्लेख गर्दै बीमाबाट उपचारको सबै खर्च व्यवस्था गरेर खर्च कम गर्न सकिने बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले १० वर्षमा नेपालका स्वास्थ्य सुधारमा बीमा कार्यक्रमले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले नेपालका कुल २१ प्रतिशत मानिसलाई बीमामार्फत स्वास्थ्यको पहुँच दिँदै आएको भन्दै नेपालले बीमाबाट स्वास्थ्य सेवामा गरेको प्रगति अन्य देशको तुलनामा धेरै राम्रो रहेको बताउनुभयो ।

उहाँले बीमा आबद्ध भएकामध्ये ४१ प्रतिशतले स्वास्थ्य सेवा लिने गरेको बताउनुभयो । उहाँले बीमा कार्यक्रमले व्यक्तिको उपचारमा लाग्ने खर्च घटाउने भूमिका खेलेको भन्दै सबै अस्पतालमा तोकिएको औषधि उपलब्ध हुने हो भने मानिसको स्वास्थ्य पहुँच अझ बढ्ने बताउनुभयो । कार्यक्रममा बोर्ड सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सङ्ख्या बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बीमामार्फत नै नेपालमा सबैमा स्वास्थ्यको पहुँच पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा ब्रिटिस राजदूतावासका स्वास्थ्य सल्लाहकार डा दीपक कार्कीले बीमा कार्यक्रममार्फत बीमितको सजिलैसँग उपचार हुन सके धेरै मानिस बीमा आबद्ध भई स्वास्थ्यमा पहुँच पुर्याउन सक्ने बताउनुभयो । धुलिखेल अस्पतालका प्राडा बलराम मल्लले स्वास्थ्य बीमा कार्यक्रमको प्याकेजमा समस्या देखिएकाले बीमित अझै उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले बीमितलाई बीमा कार्यक्रमबाट सहज ढङ्गबाट उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

जर्मनी अन्तरराष्ट्रिय सहयोग संस्था जिआइजेडका स्वास्थ्य सल्लाहकार प्रतिमा राईले स्वास्थ्य बीमा कार्यक्रमले नेपालको स्वास्थ्य सेवाको पहुँचमा बढाएको बताउनुभयो । जनस्वास्थ्यविद् चुडामणि भण्डारीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लगेर नेपालको स्वास्थ्य सेवा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध हुन्छ ।

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.