• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार

  •  शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। खुला सीमाका कारण पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट सबैभन्दा बढी प्रताडित छ।

सुदूरका सात पहाडी जिल्ला पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउपर्नेक्रम निरन्तर छ भने यहाँ सबैभन्दा बढी कारागारमा लागुऔषध मुद्दाकै अभियुक्त पुर्पक्ष र कैद सजाय भोग्दै थुनामा रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा लागुऔषध डरलाग्दो रुपमा फैलिएको छ।

बितेका ४४ महिनामा सुदूरपश्चिमका नौ जिल्लाबाट दुई हजार ९३० जना अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। यसबाट युवापुस्ता सबैभन्दा बढी प्रभावित छ । लागुऔषध सचेतना र कारबाही सँगसँगै अघि बढाएको सुदूरपश्चिम प्रहरीले हरेक वर्ष यहाँ भारतबाट अवैध रुपमा आयात हुने लागुऔषध ठूलो परिणाममा बरामदसमेत गर्दै आएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर २३५ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन्। त्यसमा नौ महिला र बाँकी पुरुष अभियुक्त रहेका छन्।

चालु आवको हालसम्म यहाँ लागुऔषध हिरोइन ३४१ ग्राम ५०२ मिलिग्राम खैरोहिरोइन, १५ किलो ९६५ ग्राम चरेश बरामद गरिएको छ। त्यसैगरी, प्रहरीले यो अवधिमा अन्य लागुऔषध सामग्रीसमेत ठूलो सङ्ख्यामा बरामद गरेको छ । यहाँ चालु आवको हालसम्म सबैभन्दा बढी लागुऔषध मुद्दामा कैलालीबाट १२१, कञ्चनपुरबाट ७८, बझाङबाट नौ, दार्चुलाबाट पाँच, डडेल्धुराबाट चार तथा बैतडी, डोटी र बाजुराबाट तीन÷तीन जना अभियुक्त पक्राउ परेका छन्। त्यस्तै, गत आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिमबाट प्रहरीले लागुऔषधका ६९३ मुद्दा दर्ता गरी १० हजार ४३ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सो आवमा पनि सबैभन्दा बढी कैलालीबाट ६५८ जना र कञ्चनपुरबाट २५९ जना पक्राउ गरेको तथ्याङ्कले देखाएको छ।

प्रहरीको वार्षिक तथ्याङ्बाट पनि तराईका यी दुई जिल्लामा लागुऔषधको कारोबार बढ्दै गएकाले पक्राउ दर पनि उच्च छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबारमा यहाँ युवापुस्ता बढी आबद्ध देखिएको बताउनुभयो ।“युवा जनशक्ति यसरी लागुऔषधमा मिसिन पुग्दै जाने हो भने यो समाजका लागि दुर्भाग्य हुन जान्छ”, श्रीवास्तवले भन्नुभयो, “यसको रोकथाम र नियन्त्रणका लागि प्रहरीसँगै अभिभावक र समाजको सामूहिक सहकार्य अति जरुरी छ।”

उहाँले हरेक दिन लागुऔषध नियन्त्रणका लागि प्रहरी सुदूरपश्चिमका सबै जिल्ला र सीमानाकामा सक्रिय भएर लागि परेको बताउनुभयो। “यसको नियन्त्रणमा हामी गम्भीर नदेखिने हो भने यो समाजमा क्यान्सरका रुपमा फैलिँदै जान्छ”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि सचेतनाका कक्षा पनि प्रहरीले सबैतिर सञ्चालन गरिरहेको छ।”

प्रहरीका अनुसार बितेका तीन आवमा सुदूरपश्चिममा नौ हजार ५७६ लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रहरीले विभिन्न माध्यमबाट गरेको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ता भारतीय सीमावर्ती बजारसम्म आफ्नो सम्बन्ध विस्तार गरिरहेकाबारे प्रहरी पनि जानकार छ । “प्रायः नेपाल–भारत सीमा बैठकमा नेपाली पक्षले लागुऔषध नियन्त्रणका लागि भारतीय पक्षसित आग्रह र सहकार्यका लागि आमन्त्रण गरिरहन्छ”, प्रदेश प्रहरीका एक अधिकारीले भन्नुभयो, “यसमा भारतीय पक्षले गम्भीर चासो राखेको अवस्था छैन ।” त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिममा लागुऔषधका ५४५ मुद्दा दर्ता भई प्रहरीले ७९६ जनालाई पक्राउ गरेको थियो । आव २०७९÷८० मा सुदूरपश्चिममा लागुऔषध मुद्दामा ८५६ जना पक्राउ परेका थिए।

सो आवमा लागुऔषधका ५४० मुद्दा दर्ता यहाँ भएको प्रहरी तथ्याङ्कले देखाएको छ। कञ्चनपुरको महेन्द्रनगरका लागुऔषध नियन्त्रणका लागि दशकौँदेखि सक्रिय धूम्रमान निषेधका अभियानकर्मी मदन चन्दले सुदूरपश्चिममा लागुऔषध दुव्र्यसन भयावह अवस्थामा रहेको बताउनुभयो। “लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि स्कुलस्तर र टोलटोलमा अभियान सञ्चालन आवश्यक छ, लागुऔषधकै कारण सवारी दुर्घटना बढिरहेका छन्”, लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजकसमेत रहेका चन्दले भन्नुभयो।

संयोजक चन्दले सन्ततिलाई लागुऔषध दुव्र्यसनबाट जोगाउन अभिभावक नै चनाखो हुनुपर्नेमा जोड दिनुभयो।

“दुव्र्यसनमा लिप्त भइसकेपछि छोराछोरीलाई स्तरीय पुनःस्थापना केन्द्र खोज्न भौतारिनुभन्दा समयमै छोराछोरीको ख्याल नगरे अवस्था विषम भइसक्यो”, चन्दले भन्नुभयो, “ग्रामीण बस्तीदेखि पहाडी बस्तीसम्म दुव्र्यसन फैलिरहँदा राज्यले नियन्त्रणका लागि राज्यको प्रभावकारी कदम चालेको छैन।” उहाँले सरकारीस्तरबाट लागुऔषध नियन्त्रणका लागि बर्सेनि हुने अभियानले प्रभावकारी नभएको जिकिर गर्नुभयो।

“देखावटीभन्दा नतिजा आउनेगरी कार्यक्रम सञ्चालन हुनुप¥यो”, चन्दले भन्नुभयो, “सहर बजारका अभियान÷महाअभियान र ठूला छलफलले मात्रै लागुऔषध नियन्त्रण र रोकथाम सम्भव छैन।” रासस

शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.