• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मटिहानीद्वारा एकीकृत घुम्ती सेवा सञ्चालन

  •  बुधबार, पुष ०९, २०८२ मा प्रकाशित

महोत्तरी । नगरपालिका कार्यालयबाट लिनुपर्ने सेवा घरआँगनबाट पाएपछि मटिहानी नगरबासीलाई सहज भएको छ। वृद्धवृद्धा, महिला र आमसर्वसाधारणलाई लक्षित गरी नगर कार्यपालिकाको कार्यालयले मङ्गलबारदेखि एकीकृत घुम्ती सेवा दिन थालेको हो।

चिसो बढेसँगै घरबाट निस्कन समस्या हुन थालेपछि नगर कार्यपालिकाले बस्तीबस्तीमा पुगेर एकीकृत सेवा दिन थालेपछि स्थानीयले राहत पाएका हुन्। नगरका नौ वटै वडाका बस्तीमा दिइने यो सेवामा नगर कार्यपालिका र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका सेवा एकै ठाउँबाट दिन थालिएको बताइएको छ।

जन्मदर्तासहित व्यक्तिगत घटना दर्ता, विभिन्न किसिमका सिफारिसका साथै अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, योजनासम्बन्धी छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायत कार्यक्रम सञ्चालन भइरहेका नगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार कृषिसम्बद्ध माटो परीक्षण (कृषि कार्यका लागि), कृषि मिटर (विद्युत् मिटर) सिफारिस र तरकारीका मिनी किट (बीउ) वितरण घुम्ती सेवामा दिइँदै छ।

घुम्ती सेवामा पशुवस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम सञ्चालित छन्। राजस्व असुली, गरिबका लागि परिचयपत्र वितरणलगायत सेवा सञ्चालनमा रहेका बताउँदै शर्माले यसले नगरबासीलाई सहज बनाएको धारणा राख्नुभयो।

“आफ्नै घरआँगनबाट वैशाखमा उत्पादन लिने तरकारीको बीउ पाइयो”, मटिहानी–१ का स्थानीय कवारीले भन्नुभयो, “पुस तेस्रो साताभित्र रोपेर चैत÷वैशाखमा उत्पादन लिने तरकारीको बीउ पाएपछि ढुक्क भएका छौँ।

महोत्तरीसहित मधेसमा चैत÷वैशाखमा उत्पादन लिने तरकारीलाई वैशाखी भनिन्छ। यो बाली पुस तेस्रो सातासम्म रोपिने गरिएको कवारीले बताउनुभयो।

पुसको जाडोमा स्थानीयस्तरमा घरबाटै स्वास्थ्य सेवा सेवा लिन पाउँदा सहज भएको सुकमरियादेवी र लालबाबु मण्डलले बताउनुभयो। “चिसो अत्यधिब बढेको छ। यस्तोमा स्वास्थ्यकर्मीले यहीँ जाँचेर औषधि दिनुभयो, टाढा जानुपर्ने बाध्यता अन्त्य हुनुका साथै समय र खर्च बचत भएको छ”, सुकमरियादेवीले भन्नुभयो । एकीकृत घुम्ती सेवाको पहिलो दिन मटिहानी–१ का सिरसिया र छोट्का धिरापुर बस्तीका ८३१ जना सेवाग्राही लाभान्वित भएका नगर कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो।

सबैभन्दा बढी पशुस्वास्थ्य सेवा लिने ३८४ जना रहेका उहाँले बताउनुभयो । मङ्गलबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवाले सर्वसाधारणमा आफ्ना ठाउँका कामबारे सकारात्मक चासो बढेको छ।

मटिहानी नगर पालिका कार्यालयबाट जनप्रतिनिधि र सम्बद्ध कर्मचारीसहितको टोली आफ्नै बस्तीमा आएर विभिन्न सेवा एकै ठाउँमा दिन थालेपछि सर्वसाधारण उत्साहित देखिएका छन्। नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित एकीकृत घुम्ती सेवा थालेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो। “सर्वसाधारणमा वडा र नगरपालिकाबाट प्रदान गरिने सेवाबारे जानकारीको कमी छ।

घुम्ती सेवामार्फत कार्यालयबाट प्रदान गरिने सेवाबारे पनि सर्वसाधारणमा जानकारी बढाउँदैछौँ”, उहाँले भन्नुभयो, “प्रारम्भिक स्वास्थ्य जाँच र उपचारबारे जानकारी बढाउन सकेमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धि हुने थियो।” बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, कार्यालयका कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता राखेका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।

जनसरोकारका काममा जनचासो र सहभागिता बढाउने उद्देश्यका साथ सुरु गरिएको एकीकृत घुम्ती सेवालाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ। यसैबीच, जलेश्वर, पिपरासहित मटिहानीसँग सीमा जोडिएका स्थानीय तहका सर्वसाधारणले पनि आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम संयोजन गर्न सुझाव दिएका छन्।रासस

बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.