• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री

  •  सोमबार, पुष १४, २०८२ मा प्रकाशित

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफू मन्त्री भएपछिको दुई महिनामा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार, औषधि व्यवस्थापन तथा मातृ तथा नवजात शिशु स्वास्थ्यजस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण नीतिगत र कार्यक्रमगत उपलब्धि हासिल भएको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू आज सार्वजनिक गर्दै उहाँले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गौतमले विभिन्न नीतिगत निर्णय तथा अनुगमन र निरीक्षणका गतिविधि सार्वजनिक गर्नुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा सुशासन, सेवा गुणस्तर र पहुँच सुधारमा ठोस आधार तयार गरेको उल्लेख गर्नुभएको छ ।

डा गौतमले कात्तिक ९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहन गर्नुभएको थियो । उहाँका अनुसार स्वास्थ्य बिमासम्बन्धी विद्यमान समस्या र चुनौती पहिचान गर्न विज्ञसहितको समिति गठन गरिनुकासाथै स्वास्थ्य बिमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भइ कार्य प्रारम्भ हुनुका साथै स्वास्थ्य बिमावापत अस्पताललाई भुक्तानी हुन बाँकी रकम निकासका लागि अर्थ मन्त्रालय पठाइएको छ ।

आज सार्वजनिक गरिएको उपलब्धि विवरणहरूमा औषधि उत्पादन, आयात, वितरण र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको उल्लेख गरिएको छ । नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको, साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम)स्वीकृतिका लागि आवश्यक पूर्वतयारी कार्य सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधार गर्न विज्ञ समिति गठन गरी खरिद प्रक्रिया, निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको, स्थानीय तहका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरूका लागि न्यूनतम सेवा मापदण्डअनुसार आवश्यक औजार उपकरणको सूची तयार भइ स्वीकृत दिइएको छ ।

जोखिमयुक्त गर्भवतीको पहिचान र सेवामा पहुँच बढाउन लक्षित कार्यक्रम सञ्चालन गरिएको, कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरण गरिएको विवरणमा उल्लेख छ । सोह्र वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरी सेवा सुरु गरिएको, जेनजी आन्दोलनका घाइतेलाई जेनजेड क्लीनिकमार्फत मनोसामाजिक सेवा प्रदान गरिनुका साथै ‘स्वास्थ मन, स्वस्थ जीवन’ नामक मानसिक स्वास्थ्य सचेतना अभियान गरिएको । त्यसैगरी सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्यको तयारी पूरा भइ सो कार्य पुसको तेस्रो हप्तादेखि सुरुवात हुने विश्वास व्यक्त गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य जानकारी, जनशक्ति परिचालन र सेवा पहुँच विस्तारमा ध्यान दिनुका साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गर्दै टेलिमेडिसन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ।रासस

सोमबार, पुष १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.