• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

  •  बिहिबार, पुष २४, २०८२ मा प्रकाशित

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन्। महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।

शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा चस्मा वितरण गरिएको थियो।

साथै मुटु रोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो। त्यसैगरी, विशेषज्ञ चिकित्सकहरूबाट सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग, क्षयरोग पहिचानका लागि छातीको एक्स–रे, स्वास्थ्य शिक्षासम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो।

नसर्ने रोगको पहिचानका लागि रक्तचाप मापन, निःशुल्क परिवार नियोजन सेवा, पाठेघर खस्ने समस्या जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको सम्भावना भएका महिलाको परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण सेवा पनि उपलब्ध गराइएको प्रमुख विष्टले बताउनुभयो।

शिविरमा दाँत परीक्षण १६८ जनाले र आँखा परीक्षण ३०० जनाले गराएका थिए । यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३, रक्त समूह परीक्षण १८६, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले, छाती परीक्षण २७१ जनाले, सामान्य स्वास्थ्य परीक्षण ३८१ र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्वास्थ्य सेवा लिन भकुण्डे, धुलिखेल वा बनेपा पुग्नुपर्ने अवस्था अन्त्य गर्न गाउँमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा अस्पताल नभएको अवस्थामा अस्पतालकै सेवा दिने उद्देश्यले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस वर्ष घर्तिछापमा आयोजना गरिएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि हाल अस्पताल भवन निर्माणको काम भइरहेको र आगामी दिनमा गाउँमै अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित पालिका अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपतीले विद्यालयमा अध्ययनरत बालबालिका तथा वयस्क नागरिकका लागि परिवार नियोजन, स्त्री रोग तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गरिएको बताउनुभयो।

शिविरमा मेथिनकोट अस्पताल नौविसे भकुण्डे, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, सिन्धुली अस्पताल सिन्धुली, ख्वप अस्पताल भक्तपुर र तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञहरुले सेवा प्रदान गरेका थिए।रासस

बिहिबार, पुष २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.