• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

  •  आइतबार, माघ ११, २०८२ मा प्रकाशित

जानकी (बाँके) । “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो ।

उहाँका अनुसार कानमा कीरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन । “औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि दुखाइ उस्तै हुन्थ्यो”, घर्तीले पीडा सुनाउनुभयो । ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि समस्या थप्ने गरेको उहाँको अनुभव छ । “हामी गाउँलेहरू बेलाबेला गाउँमै बस्ने स्वास्थ्य शिविरको प्रतीक्षामा हुन्छौँ । सहर पुगेर उपचार गराउने हैसियत सबैसँग हुँदैन”, घर्तीले भन्नुभयो ।

गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जाँच गराएपछि भने उहाँले ठूलो राहत पाउनुभएको छ । “राति सुतेको बेला कीरा पसेको र समयमा उपचार नभएकाले कानभित्रको मांसपेशी नै सुन्निएको रहेछ, शिविरमा राम्रोसँग जाँच भयो”, घर्तीले भन्नुभयो । विगत पाँच वर्षदेखि सोही कीरा पसेर दुखिरहेको कान कम सुन्ने समस्या रहेको पनि उहाँले बताउनुभयो । “गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरले घरआँगनमै उपचार गरिदिँदा हामीजस्ता गरिब र विपन्नका लागि निकै भरपर्दो र लाभदायक काम भएको छ”, दिलकुमारीले भन्नभयो । दिलकुमारीजस्तै कपुरकोट गाउँपालिका–४ की १७ वर्षीया समीक्षा डाँगी पनि कानको समस्याले एक महिनासम्म हैरान हुनुभएको थियो । “राति सुतेका बेला कानमा कीरा पसेको थियो । त्यसपछि निरन्तर दुखाइ भयो”, समीक्षाले भन्नुभयो । उहाँले गाउँकै मेडिकलमा उपचार गराए पनि निको नभएको बताउनुभयो । “यहाँ सामान्य औषधिमात्र पाइन्छ । ठूलो अस्पताल जान टाढा छ, खर्च पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकको टोली आएपछि भने समीक्षालाई उपचारप्रति विश्वास बढेको छ । “शिविरमा राम्रोसँग जाँच गरियो, कानको उपचार गरेपछि अहिले धेरै आराम भएको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो । समयमा उपचार नपाउँदा निकै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गाउँमै यस्तो शिविर नआएको भए समस्या झन् बढ्ने थियो । हामी ग्रामीण भेगमा बस्नेहरूका लागि शिविर नै सबैभन्दा भरपर्दो उपचार हो ।” कानकै समस्याका कारण शिविरमा दिलकुमारी र समीक्षाजस्तै जाँच गराउन आउनुभएका ७१ वर्षीय रामप्रसाद शर्मा भन्नुहुन्छ, “म विगत चार वर्षदेखि कान पाक्ने रोगले ग्रस्त छु ।” लामो समयदेखि समस्या भए पनि नियमित उपचार गराउन सकिरहेको थिइनँ । उहाँले भन्नुभयो, “टाढाको अस्पताल जानआउनै धेरै समय लाग्ने र पैसा पनि उस्तै खर्च हुने । गाउँमै स्वास्थ्य शिविर बस्ला भनेर पर्खिरहेको थिएँ ।” शिविरमा गरिएको जाँचपछि उहाँ उपचारप्रति आशावादी देखिनुभयो । शर्मा जस्तै कान पाक्ने रोगको समस्या लिएर २१ जना उक्त शिविरमा जाँचका लागि आएका थिए ।

व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेको प्राविधिक सहयोग तथा सल्यानको कपुरकोट गाउँपालिकाको आयोजनामा कपुरकोट आधारभूत अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा कुल एक सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये ६२ पुरुष र एक सय २८ जना महिला थिए । जाँच गराएकामध्ये कान पाक्ने रोग भएका २२ र कानको शल्यक्रिया आवश्यक पर्ने ११ जनालाई थप उपचारका लागि व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेमा रिफर गरिएको आयोजकले जनाएको छ । यसका साथै २७ जनाको श्रवणशक्ति परीक्षण गरिएको थियो ।

शिविरमा व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका स्वास्थ्य निर्देशक एवं नाक, कान र घाँटी रोग विशेषज्ञ डा अजय वैश्य, कान सहायक चिकित्सक एवं आउटरिच इन्चार्ज भीषण थारू तथा कान सहायक चिकित्सक दामोदर चौधरीले सेवा प्रदान गर्नुभएको थियो । डा वैश्यले भन्नुभयो, “ग्रामीण भेगका बिरामी लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका हुन्छन् । गाउँमै आएर बिरामीको राम्रो र सफल जाँच गर्न पाउँदा हामीलाई पनि सन्तुष्टि मिलेको छ ।” डा वैश्यका अनुसार यस्ता शिविरले प्रारम्भिक अवस्थामा रोग पहिचान गर्न र जटिल अवस्थाका बिरामीलाई समयमै रिफर गर्न ठूलो सहयोग पुर्याउँछ । “स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएका स्वास्थ्य शिविर ग्रामीण नागरिकका लागि सबैभन्दा भरपर्दो उपचारको माध्यम बनेका छन्”, उहाँले भन्नुभयो ।

ग्रामीण भेगमा बसोबास गर्ने नागरिक अझै पनि नाक, कान र घाँटीसम्बन्धी समस्यालाई बेवास्ता गर्न बाध्य छन् । टाढाको बाटो, आर्थिक अभाव र चेतनाको कमीका कारण उपचार ढिला हुने गरेको स्थानीयको गुनासो छ । यस्तो अवस्थामा कपुरकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयवासीलाई घरआँगनमै विशेषज्ञ सेवा प्रदान गर्दै ठूलो राहत दिएको छ । दिलकुमारी, समीक्षा र रामप्रसादजस्ता सेवाग्राहीका अनुभवले गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरको आवश्यकता र प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ।रासस

आइतबार, माघ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.