• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका

  •  मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित

भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन्। कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन्।

बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा सुवास शर्माले जानकारी दिनुभयो। “तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन्। कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो”, उहाँले भन्नुभयो ।

डा शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन्। अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उहाँले बताउनुभयो।

समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा शर्माले उल्लेख गर्नुभयो। सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उहाँको भनाइ छ। यसैबीच, वीरेन्द्रनगर नगरपालिकाबाट विपन्न नागरिकलाई औषधि उपचारका लागि १८० जना सिफारिस गरिएको तथ्याङ्क छ।

सरोकार भएकाहरूले बालबालिकामा नसर्ने रोगसम्बन्धी जनचेतना गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका छन्। वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा युनिसेफ र सोसेक नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको सह–सिर्जना कार्यशालामा सहभागीहरूले नसर्ने रोगसम्बन्धी जनचेतना जगाउन सरोकार भएका निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

युनिसेफका दिपीका श्रेष्ठले बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील विषयमा विभिन्न सरोकार भएकालाई एकैठाउँमा ल्याई सह–सृजना प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकामा वीरेन्द्रनगर नगरपालिकालाई धन्यवाद दिनुभयो।

उहाँले बालबालिकामा देखिँदै गएको नसर्ने रोग स्वास्थ्यसँग मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र जीवनशैलीसँग गहिरो रूपमा जोडिएका विषय भएको बताउनुभयो। उहाँले गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले नसर्ने रोगसम्बन्धीको सचेतना आवश्यक रहेको भन्दै नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालबालिकामा नसर्ने रोगका विषयमा सचेत बनाउनेगरी काम गर्नुपर्ने बताउनुभयो। उहाँले आगामी वर्षदेखि यससम्बन्धी नीतिगत व्यवस्था गरी प्रदेशभर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो।रासस

मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.