• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कुष्ठरोग नियन्त्रण चुनौती, मधेसका ४५ पालिका कुष्ठरोगमुक्त

  •  बुधबार, माघ १४, २०८२ मा प्रकाशित

जनकपुरधाम । मधेस प्रदेशमा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण रहेको छ। नेपालको कूल कुष्ठरोगीको सङ्ख्यामध्ये ३६ प्रतिशत कुष्ठरोगी मधेसमा रहेका मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।

६४औँ विश्व कुष्ठरोग दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मुलुकभरि नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४०९ रहेको छ। जसमध्ये मधेस प्रदेशमा ८५७ जना छन्।

मधेसका नयाँ कुष्ठरोगीमध्ये ८०५ जनाले नियमित औषधि सेवन गरिरहेका निर्देशनालयका क्षयकुष्ठरोग निवारण अधिकृत राजवीर यादवले जानकारी दिनुभयो। उहाँका अनुसार सो अवधिमा मुलुकभरि ९१ जना कुष्ठरोगका बालबालिकामध्ये मधेसमा ४० जना छन्। देशभरि कुष्ठरोगबाट अङ्गभङ्ग भएका १५४ बालबालिकामध्ये मधेसमा ५८ जना रहेका यादवले जानकारी दिनुभयो।

प्रदेशमा प्रतिएक लाखमा १३ जना कुष्ठरोगका बिरामी रहेका उहाँले बताउनुभयो । यसको औषधि तथा उपचार निःशुल्क पाउने भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्न नहुने उहाँले आग्रह गर्नुभयो। मधेसका १३६ मध्ये ४५ वटा कुष्ठरोगमुक्त पालिका रहेका जनाउँदै क्षयकुष्ठरोग निवारण अधिकृत यादवले जोखिम भएका स्थानमा उपचार तथा जनचेतनाका कार्यक्रम एकसाथ अगाडि बढाइएको बताउनुभयो।

उहाँका अनुसार प्रदेशको बारा जिल्लामा कुष्ठरोगीको सङ्ख्या सबैभन्दा बढी छ भने सप्तरीमा सबैभन्दा न्यून रहेको छ। जनस्वास्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले मधेस प्रदेश सरकारले कुष्ठरोगको निवारणतर्फ बजेट नदिँदा कार्य गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले कुष्ठरोग निवारणमा समाजले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द साहले कुष्ठरोगबाट मुक्त हुनका लागि सरसफाइ तथा समयमा उपचार गराउनका लागि अनुरोध गर्नुभयो। डा मनोजकुमार साह तथा जनस्वास्थ्य कार्यालयका अधिकृत महेश साहले यो रोग लुकाउन नहुने विचार व्यक्त गर्नुभयो।रासस

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.