• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

  •  बिहिबार, माघ १५, २०८२ मा प्रकाशित

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अचारसंहितालाई ध्यानमा राख्दै शिविरको मिति सार्नु परेको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।

“बृहत् स्वास्थ्य शिविरका लागि आवश्यक तयारी सुरु गरेका थियौँ, निर्वाचन आचारसंहिता लागू भएकाले ओम अस्पतालका चिकित्सक तथा सरोकारवालासँगको छलफलपछि शिविरको मिति सारिएको हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको निर्वाचन सफल बनाउन हामी सबैको उत्तिकै दायित्व छ, निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको शिविर चैत पहिलो हप्ता गर्ने सहमति भएको छ।”

नगरपालिकाले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकताामा राख्दै ओम अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधिसमेत वितरण गर्ने तयारी गरिएको थियो।

दिक्तेल बजारस्थित जिल्ला आयुर्वेद अस्पतालमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरसम्बन्धी सहमतिपत्रमा नगर प्रमुख भट्टराई, ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टङ्क श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। दुईदिने स्वास्थ्य शिविरमा अस्पतालबाट वरिष्ठ विशेषज्ञ डा आनन्दप्रसाद श्रेष्ठसहितका स्वास्थ्यकर्मी आउने सहमति भएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । राजनीतिक दल तथा उम्मेदवार आफ्नो पक्षमा जित सुनिश्चित गर्नका लागि मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन्।

निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट दुई स्वतन्त्रसहित १५ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्नै एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन्।

आगामी निर्वाचनका १३६ मतदानस्थल तथा १९५ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आउँदो निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन्।रासस

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.