• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  •  सोमबार, माघ १९, २०८२ मा प्रकाशित

म्याग्दी । जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन्।

माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक तथा नसर्ने रोग सम्पर्क व्यक्ति मीनराज न्यौपानेले बेनी नगरपालिकामा माघ १५ गतेदेखि सुरु भएको अभियान रघुगङ्गा र धवलागिरि गाउँपालिकाले माघ २१ देखि सञ्चालनको तयारी गरेका जानकारी दिनुभयो।

“यो अभियानमार्फत ३० वर्षभन्दा बढी उमेर पुगेका हाल कुनै पनि रोगको औषधि सेवन नगरेकाको मधुमेह, रक्तचाप र मिर्गाैलाको परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको पहुँचमा पु¥याउन अभियान सञ्चालन भएको हो।” मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि यही महिनाभित्र स्वास्थ्यकर्मी परिचालन गरेर नसर्ने रोगका बिरामी पहिचान अभियान सञ्चालन गर्ने तयारीमा रहेका न्यौपानेले बताउनुभयो।

प्रदेश अस्पताल बेनीमा भने मधुमेह, रक्तचाप, मिर्गाैला, मुटुको परीक्षणको सुविधा निःशुल्क उपलब्ध गराइएको छ। टोलटोलमा जाने स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गर्ने र समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाउनेछन्।

विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्न सकेमा क्षति रोकिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो। अस्वस्थकर खानपान, ध्रुमपान, मद्यपान, शारीरिक व्यायामको कमीका कारण पछिल्लो समय उच्च रक्तचाप, मिर्गौला, मुटुलगायत नसर्ने रोगको सिर्जना हुने र मानिसको ज्यान जाने गरेको उहाँले बताउनुभयो।

रघुगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले नसर्ने रोगको पहिचानका लागि माघ २१ देखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको अभियानको तयारीका लागि आइतबार स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो।

आवश्यक स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नसर्ने रोग स्वास्थ्य क्षेत्रको प्रमुख चुनौतीका रूपमा देखिएको बताउनुभयो।रासस

सोमबार, माघ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.