भोजपुर । भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीले आर्थिक रूपमा कमजोर भएका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
क्याम्पसमा अध्ययनरत सङ्गम विश्वकर्माका बुबा गम्भीर बिरामी परेपछि विद्यार्थीले सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामाङका अनुसार विद्यार्थीबाट सङ्कलित रु १६ हजार ५२० रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ।
सङ्गमका बुबाको उपचारका लागि आर्थिक अभाव भएपछि स्ववियुले सबैमा सहयोगको आह्वानसमेत गरेको उहाँले जानकारी दिनुभयो सङ्गम विश्वकर्माका बुबा फोक्सोको सङ्क्रमणका कारण हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै हुनुहुन्छ।रासस
