• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुदूरपश्चिम : सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

  •  बिहिबार, माघ २२, २०८२ मा प्रकाशित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन्। तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२÷८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन्। तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो।

यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो। आर्थिक वर्ष २०८०÷८१ मा भने पाँच सय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए। तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो। प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन्।

तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन), करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ।

विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उहाँको भनाइ रहेको छ। विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन्। जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि पनि धेरैजसो बिरामी अस्पताल जानुको सट्टा झारफुक, धामी–झाँक्री र घरेलु उपचारमा निर्भर हुने गरेका छन्। जसले गर्दा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ। “सर्पले टोकेपछि समयमै अस्पताल पुगेर ‘एन्टी स्नेक भेनम’ सुई लगाउन सके विषालु सर्पले टोकेका बिरामीलाई बचाउन सकिन्छ,” कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भन्नुभयो, “ढिलाइ हुँदा भने ज्यान जाने जोखिम बढ्छ।”

हाल सुदूरपश्चिमका नौवटै जिल्लामा सर्पदंशको प्राथमिक उपचार सेवा उपलब्ध भए पनि जटिल प्रकृतिका बिरामीलाई भने सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका सर्पदंशका बिरामीलाई सडकको असुविधा र यातायात सेवाको अभावका कारण समयमै अस्पताल ल्याउन कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

तराईका जिल्लामा नेपाली सेनाले विभिन्न स्थानमा स्थानिय तहको समन्वयमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएको छ। यसले आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन सहयोग पु¥याएको छ।रासस

बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.