• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

चितवन मेडिकल सिटीका रुपमा विकास

  •  बिहिबार, माघ २२, २०८२ मा प्रकाशित

चितवन। कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे। हिजोआज त्यो सङ्ख्या तीन÷चार वटामा झरेको छ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाउनुभयो । उहाँका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी जाने क्रम घट्दै आएको छ। उहाँले भन्नुभयो, “अहिले भरतपुरमा सबै खालका रोगको उपचार हुने भएपछि निकै कम मात्र बिरामी बाहिर जान्छन्।”

संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने पहिले पहिले धेरै एम्बुलेन्स चितवनबाट बिरामी बोकेर काठमाडौँ जाने गरेको बताउनुहुन्छ। पछिल्ला दिनमा दैनिक तीन÷चारवटा एम्बुलेन्स मात्रै काठमाडौँ जाने गरेको उहाँले बताउनुभयो। टाउको, मिर्गाैला, हार्डजोर्नीका गम्भीर समस्या भएका बिरामी फाट्टफट्ट जाने गरेको उहाँ बताउनुहुन्छ।

भरतपुरमा उपचार हुने भए पनि ठूलो अस्पताल खोज्दै र काठमाडौँमा आफन्त तथा घर भएकाहरु जाने गरेको उहाँले बताउनुभयो। यसका अतिरिक्त एक अस्पतालबाट चितवनकै अर्काे अस्पतालमा रिफर गर्ने परिपाटी नहुँदा पनि काठमाडौँ बिरामी जाने गरेको उहाँ बताउनुहुन्छ। काठमाडौँ पुगेर सेवा लिँदा हुने झन्झटका कारण पनि स्थानीयस्तरमै सकेसम्म उपचार गर्न धेरैले चाहना गर्ने गरेको लामिछाने बताउनुहुन्छ।

जिल्लामा सङ्घीयस्तरको सरकारी भरतपुर अस्पताल, राष्ट्रियस्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई वटा ठूला मेडिकल कलेज, बागमती प्रदेशको बकुलहर रत्ननगर अस्पताल, पच्चीसभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल, निजीस्तरको सिएमसी क्यान्सर इन्स्टिच्यूटलगायतका स्वास्थ्य संस्था यहीं भएका कारण बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर मिलेको छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल चितवनमा सेवा सुविधा र विश्वसनीयता बढेका कारण बिरामी बाहिर जाने घटेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “क्यान्सरका धेरैजसो बिरामी काठमाडौँबाट यहाँ आउँछन्।” दक्षजनशक्ति, आधुनिक प्रविधि सहितका अत्याधुनिक उपकरण, सरल सेवासुविधा, बिरामीमैत्री सेवा चितवनका अस्पतालमा उपलब्ध हुन थालेपछि बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ।

जिल्लामै रोबटिक सर्जरीसम्मको उपचार हुने हुँदा काठमाडौँका बिरामी चितवन आउन थालेपछि यहाँका बिरामी जान छाडेको उहाँले बताउनुभयो। जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रले पनि ठूलो लगानी अस्पतालमा गर्ने गरेको छ।

चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले डिएम र एमसिएच गरेका २७ विशेषज्ञ चिकित्सक अहिले सिएमसीमा मात्रै रहेको बताउनुभयो। उहाँको भनाइमा राजधानी काठमाडौँबाट आफ्नो मेडिकल कलेजमा उपचारका लागि बिरामी आउने गरेका छन्। उहाँले भन्नुभयो, “रोबर्टिक सर्जरी, मुटु, क्यान्सर, न्यूरो लगायतका उपचारका लागि काठमाडौँबाट यहाँ बिरामी आउने गरेका छन्।”

उहाँले काठमाडौँमा नहुने क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्यूटमा हुन्छ। उहाँका अनुसार न्यूरोको ट्युमर, अर्लिस्टेजका ट्युमरको उपचार काठमाडौँमा नभइ चितवनमा हुन्छ। क्यान्सरको केमोथेरापी, ब्राकीथेरापी, रेडियो थेरापीलगायत सबै खालको प्रविधि र उपचार आफूहरुले सरकारी सुविधा तथा दररेटमा गर्दै आएको उहाँको भनाइ छ। उहाँका अनुसार क्रिटिकल केयरको सुविधा नेपालमा हुनेमा सबैभन्दा राम्रो चितवनमा रहेको छ। रोबर्टिक सर्जरीमा नेपालमै सबैभन्दा बढी यही हुने गरेको उहाँले बताउनुभयो । मुटुको सबै खालका शल्यक्रिया यहाँ हुने गरेको भन्दै उहाँले यहाँबाट बिरामी काठमाडाँैं नभएर काठमाडौँबाट धेरै बिरामी यहाँ आउने गरेको दाबी गर्नुभयो।

चितवनमा उच्चस्तरका प्रयोगशाला, इमेजिङ्ग सेन्टर पनि रहेका छन्। त्यसका कारण रोग पहिचानमा पनि सहज हुने गरेको छ। आँखा उपचारका लागि नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा चितवन र छिमेकी जिल्लाका बिरामी आउने गर्दछन्। यहाँका अस्पतालहरुमा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गरेका छन्।

क्यान्सरका बिरामी देशैभर र भारतबाटसमेत आउने गर्दछन्। सरकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो पालो कुर्नुपर्दा बाहिर जाने बिरामी अहिले यही चितवन मेडिकल कलेजले सञ्चालन गरेको क्यान्सर इन्स्टिच्यूटमा त्यहीको दररेटमा उपचार पाउने भएपछि बाहिर जान छाडेका छन्। केही वर्ष अघिसम्म बाल सघन उपचार कक्ष नहुँदा धेरै बालबालिकाको अकालमा ज्यान जाने गर्दथ्यो। त्यस्तै मुटु र टाउकोको उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो।

अहिले यी सबैको सेवा यहीं उपलब्ध भएसँगै धेरैको ज्यान बचेको छ। नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्की एक दुई बाहेक सबै खालका उपचार चितवनमा हुने भएकाले बिरामी बाहिर जान रोकिएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “सघन उपचार कक्ष, आधुनिक प्रविधि र दक्षजनशक्ति थपिँदै जाँदा यहाँको सेवा विश्वसनीय बनेको छ।”

पछिल्ला दिनमा नेपाल सरकार र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा यहाँ गरेको लगानीका कारण उपचार क्षेत्रमा फड्को मारेकै कारण बिरामी बाहिर जानेभन्दा आउने बढेको उहाँले बताउनुभयो। रासस

बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.