• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर

  •  शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित

सिरहा । लहान नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ वटै वडामा निःशुल्क क्यान्सर पहिचान तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ।

क्यान्सर रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘लहान क्यान्सर केयर सेन्टर’ सँग आज औपचारिक सम्झौता गरेको छ। एक समारोहकाबीच नगरपालिका र केयर सेन्टरबीच सम्झौता भएको घोषणा गरिएको हो।

कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले क्यान्सर जस्तो गम्भीर रोगको समयमै पहिचान भए उपचार सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी नगरका सबै वडामा पुगेर निःशुल्क शिविरमार्फत सेवा दिनेछौँ। करिब एक हजार जना नगरवासीलाई यो सेवा उपलब्ध गराउने हाम्रो मुख्य योजना छ ।”

नगरप्रमुख चौधरीले शिविरमार्फत क्यान्सरको प्रारम्भिक पहिचान गरिने र थप उपचार आवश्यकपर्ने बिरामीका लागि समन्वय गरिने जानकारी दिनुभयो। यस अभियानका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिसकेको छ । लहान क्यान्सर केयर सेन्टरका प्रमुख अशोकलाल अमात्यले क्यान्सर पहिचान अभियान आजैदेखि सुरु गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार शिविरमा पहिचान भएका बिरामीको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्नेछ। यस अभियानमा लायन्स क्लब अफ लहानलगायत स्थानीय सङ्घसंस्थाले पनि समन्वय र सहजीकरण गर्नेछन्। केयर सेन्टरले यसअघि पनि पूर्वाञ्चल क्यान्सर अस्पताल झापा र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ भने समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ।

त्यस्तै, प्रत्येक महिनाको अन्तिम बुधबार विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ सेवा दिँदै आएको छ । साथै, महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचानका लागि ‘प्याप स्मेयर’ परीक्षण दैनिक रूपमा भइरहेको जनाइएको छ।

समारोहमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल साहले लहान क्यान्सर सेन्टरसँग प्राविधिक सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले यो अभियानले सिरहा मात्र नभई सप्तरी र उदयपुरसम्मका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।रासस

शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.