• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निपाह भाइरसबारे जान्ने पर्ने केही तथ्यहरू

  •  सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

चितवन । निपाह भाइरस फ्रुट व्याट नामक चमेरोमा हुने भाइरस हो । यो भाइरस गाइँभैसी, सुँगुर हुँदै मानिसमा सर्छ । जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने प्रक्रिया हुन्छ । चमेरोले संक्रमण गरेको फलफूल खाएमा, चमेरो सुंगुर तथा गाईको सम्पर्कमा पुगेमा पनि यो भाइरसको संक्रमण जनावरदेखि जनावरमा हुन्छ । संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।

हेन्ड्रा भाइरसजस्तै निपाह पनि हेनिपाभाइरस भनिने भाइरसको श्रेणीमा पर्छ । यो जुनोटिक हो, जसको अर्थ यो जनावरबाट मानिसमा फैलिन सक्छ । एसियामा समय–समयमा यस्ता प्रकोप फैलँदै आएका छन् । पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा रिपोर्ट गरिएको थियो । यो भाइरस सर्ने तीन प्रमुख तरिका छन् । पहिलो– चमेरोको सम्पर्कबाट हो । विशेषगरी, संक्रमित चमेरोको र्‍याल, पिसाब वा दिसाको सम्पर्कबाट रोग सर्छ । सुँगुरजस्ता अन्य संक्रमित जनावरसँगको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ ।

यो सर्ने दोस्रो तरिका दूषित खाना, विशेषगरी खजुरका उत्पादनबाट हो । यसको अर्थ संक्रमित चमेरोको शरीरबाट उत्पन्न तरल पदार्थले दूषित खजुरको रस सेवन गर्दा जोखिम बढ्न सक्छ । तेस्रो भनेको मानिसबाट मानिसमा सर्ने हो । बिरामी व्यक्तिको हेरचाह गर्ने तथा नजिकको सम्पर्कमा रहने मानिसमा निपाह भाइरस सर्ने रिपोर्ट गरिएको छ । घरपरिवार वा अस्पतालमा भाइरसबाट दूषित शारीरिक स्रावबाट अर्को स्वस्थ व्यक्ति संक्रमित हुन सक्ने सम्भावना बढी हुन्छ ।

लक्षण

निपाह भाइरसको संक्रमण चाँडै सर्छ । संक्रमणदेखि लक्षण देखिने समय सामान्यतया चार दिनदेखि तीन सातासम्म हुन्छ । यो एक भयानक रोग हो । गम्भीर निपाह भाइरस संक्रमण भएमा लगभग आधा मानिसको यसबाट मृत्यु हुन्छ । लक्षणहरू फरक–फरक हुन सक्छन् । सबैभन्दा डरलाग्दो समस्या त यसको अर्को साइड इफेक्ट पनि हुन सक्छ । यसले निमोनिया निम्त्याउन सक्छ, जसरी कोभिडले यस्तो समस्या निम्त्याउन सक्छ । तर, हामीले सबैभन्दा बढी चिन्ता गर्ने समस्या भनेको स्नायुसम्बन्धी लक्षण हुन् । निपाहले इन्सेफलाइटिसजस्तो घातक समस्या निम्त्याउन सक्छ, जुन मस्तिष्कको संक्रमण हो । मस्तिष्कमा यी प्रभावले गर्दा मृत्युदर निकै उच्च छ । सामान्यतया निपाह भाइरस देखिँदा निम्नबमोजिमका लक्षण देखिन्छन् ।

ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, बारम्बार बेहोस हुनु, गम्भीर टाउको दुख्नु, हातखुट्टा चलाउन नसक्नु, झट्का लागेकोजस्तो महसुस हुनु, व्यक्तित्वमा परिवर्तन हुनुजस्तै अचानक अनौठो व्यवहार गर्नु वा मनोविकृति देखिनु आदि । असामान्य घटनाका रूपमा निपाह संक्रमणपछि स्वास्थ्यलाभ गरेका केही बिरामीलाई धेरै वर्षपछि (एक दशकभन्दा बढी समयपछि) पनि पुन: इन्सेफलाइटिस हुन सक्छ ।

उपचार वा खोप

अहिलेसम्म यसको खोप छैन, तर अस्ट्रेलियामा एम १०२.४ (निपाहलाई निष्क्रिय पार्ने एन्टीबडी) नामक उपचारको विकास भइरहेको छ । सन् २०२० मा यस उपचारको पहिलो चरणको परीक्षण भएको थियो, जसले अनुसन्धानकर्ताले यसलाई स्वस्थ मानिसमा यो कसरी पुग्छ र कुनै साइड इफेक्ट छन् कि छैनन् भनेर हेर्न सहयोग गरेको थियो । परीक्षणले पत्ता लगायो कि उपचारको एक डोजलाई बिरामीले राम्रोसँग सहन सकेका थिए । त्यसैले निपाह भाइरसबाट संक्रमित मानिसलाई सहयोग गर्न वास्तवमा उपचारको उपलब्धता हुन अझै बाँकी छ, तर आशा जीवितै छ । निपाह भाइरसका लागि हाल कुनै खोप छैन ।

कसरी बच्ने ?

– फलफूल राम्रोसंग पखालेर खाने ।

– तरकारी सकेसम्म पकाएर खाने ।

– गाइवस्तुको गोठ र फार्म सफा राख्ने ।

– मासु काट्दा या पकाउँदा मास्कको प्रयोग गर्ने ।

– सकेसम्म पानी उमालेर पिउने ।

– बेलाबेलामा सावुनपानीले हात धुने ।

– भीडभाडमा जाँदा मास्क लगाउने ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.