• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ सरोज ढुङ्गेललाई

  •  आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

काठमाडौँ । राधा क्यान्सर सचेतना फाउन्डेसनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । नवलपुरको कावासोती नगरपालिका–२ मा आयोजित विशेष कार्यक्रममा ढुङ्गेललाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पुरस्कार वितरण गर्दै पछिल्लो समय नेपाल मात्र नभई विश्वमै क्यान्सरजस्ता नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो । उहाँले नसर्ने रोगका कारण मृत्यु दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै दैनिक करिब १० जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

डा. गौतमले क्यान्सर रोगको समयमै पहिचान गरी उपचार गर्न सके पूर्णरुपमा निको हुन सक्ने भएकाले प्रारम्भिक जाँच र सचेतनामा जोड दिनुपर्ने बताउनुभयो । जनचेतनाको लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पुरस्कार ग्रहण गर्दै पत्रकार ढुङ्गेलले यस सम्मानले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर जस्ता नसर्ने रोगका विषयमा कलम चलाउन थप प्रेरणा मिलेको बताउनुभयो । उहाँले सरकारले उपचारमा भन्दा पनि क्यान्सर रोकथाममा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष एवं पत्रकार प्रकाश बस्यालले महिला हिंसा न्यूनीकरणका लागि सबैभन्दा पहिले समाजको सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक घरमा छोरीहरूलाई खुलेर बोल्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । समाजको डरले हिंसा लुकाउने प्रवृत्ति रहेकाले छोरीहरूलाई सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो ।

२०४८ साल फागुन ९ गते जन्मनुभएकी पत्रकार राधा बस्यालको २०७७ साल कात्तिक १४ गते स्तन क्यान्सरका कारण निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा पत्रकारिता गर्दै आउनुभएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग संघर्ष गर्नुपरेको उहाँका बुबा शुभराज शर्मा बस्यालले बताउनुभयो ।

आफूलाई क्यान्सर भएको थाहा पाएपछि राधाले महिला हिंसा र स्तन क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले राधा क्यान्सर सचेतना फाउन्डेसन स्थापना गरी गाउँगाउँमा तथा रेडियो मध्यविन्दु एफएममार्फत अभियान सञ्चालन गर्नुभएको थियो । उहाँको निधनपछि फाउन्डेसनलाई उहाँका भाइ प्रकाश बस्यालले निरन्तरता दिँदै आउनुभएको छ ।

आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.