वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ। क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ।
संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। कोलले संदिग्धले गोली हाने पछि घटना स्थलमै काउन्टी शेरिफका सहायकको मृत्यु भएको उल्लेख गर्दै अन्य सहायक संदिग्धसँग गोली हानाहानको क्रममा बन्दुकको गोलीको कारण अस्पतालमा मृत्य भएको र अन्य तीन जना घाइते भएको बताएका छन्।
पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक सङ्कट चर्किएको जनाइएको छ।रासस
