• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

पुरुष र महिला दुवैमा समानरुपमा बाँझोपनको समस्या

  •  बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

अहिले समाजमा बाँझोपन (निःसन्तानपन) सम्बन्धी धेरै भ्रमहरू रहेका छन् । धेरैजसो मानिसहरू अझै पनि बच्चा नबस्नुमा महिलाको मात्र गल्ती ठान्ने गर्छन् तर यो गलत हो । पुरुष र महिला दुवैमा समानरुपमा बाँझोपनको समस्या देखिन सक्छ । धेरैले पुरुष सधैं सक्षम हुन्छन् भन्ने भ्रम पाल्ने गर्छन् तर उमेर, जीवनशैली र स्वास्थ्य अवस्थाले पुरुषमा पनि शुक्रकीटको गुणस्तरमा असर पार्ने गर्छ । महिलाको उमेर बढ्दै जाँदा गर्भधारण कठिन हुन्छ भन्ने कुरा सत्य भए पनि पुरुषमा पनि उमेर र अस्वस्थ बानीहरूले समस्या ल्याउन सक्छ । अत्यधिक तनाव, अनुशासनहीन जीवनशैली, अनियमित खानपान, धूम्रपान, मद्यपान, उच्च तापक्रममा लामो समयसम्म काम गर्ने पेशा आदिले शुक्रकीट नष्ट गर्न सक्छन्, जसले गर्भधारणमा कठिनाइ बनाउने गर्दछ ।

समाजमा अर्को ठूलो भ्रम भनेको एउटा बच्चा भइसकेपछि फेरि बच्चा नहुने सम्भावना हुँदैन भन्ने हो । धेरै दम्पतीहरूमा यस्तो समस्या देखिन्छ । पहिलो बच्चा भएपछि दोस्रो गर्भ बस्न नसक्नुका कारण विभिन्न हुन सक्दछ । अघिल्लो अप्रेशन, गर्भपतन वा पुनः हर्मोन सम्बन्धी असन्तुलन । त्यसैले, पहिले बच्चा भइसकेपछि अर्कोे गर्भ बस्नै पर्छ भन्ने सोच गलत हो । यस्तो अवस्थामा पनि पुनः परीक्षण गरेर उपचार गर्न सकिन्छ । बाँझोपनको समस्या समाधान गर्न पति, पत्नी दुवैको परीक्षण र विश्लेषण गर्न जरुरी हुन्छ, किनभने समस्या एकातर्फ मात्रै सीमित नहुने सम्भावना रहन्छ ।

उपचारको आर्थिक पक्षबारे कुरा गर्दा प्रारम्भिक परीक्षणहरू सामान्यतया ८–१० हजार रूपैयाँभित्र गर्न सकिन्छ, जसले बाँझोपनको कारण पत्ता लगाउन मद्दत गर्छ । त्यसपछि आवश्यक औषधोपचार र अण्डा उत्पादनसम्बन्धी प्रक्रियामा खासै बढी खर्च नपर्ने हुन पनि सक्छ । तर यदि उपचारमा उन्नत प्रविधिहरू जस्तै : शुक्रकीट संकलन, अण्डा निकाल्ने ल्याबमा निषेचन (आइभिएफ) ल्याप्रोस्कोपी आदि आवश्यक परेमा भने खर्च बढ्ने गर्छ । यी प्रक्रियाहरूमा १०–१५ हजारदेखि माथिसम्म खर्च हुन सक्छ । त्यसैले, खर्च समस्या र प्रयोग हुने प्रविधिमा निर्भर गर्छ । यो विषयमा आम नागरिकले बुझ्न आवश्यक पर्दछ भने हामीले पनि सही जानकारी दिनु पर्छ ।

सामान्यतया उपचार सुरु गर्नुअघि सबैभन्दा पहिले निःसन्तानपनको कारण के हो ? भन्ने स्पष्ट रूपमा पत्ता लगाउनुपर्छ । त्यसपछि मात्र योग्य विशेषज्ञसँग परामर्श लिएर उचित उपचार विधि रोज्नुपर्छ । सबैलाई एउटै उपचार विधि आवश्यक नपर्ने पनि हुन्छ । समस्या महिलामा छ वा पुरुषमा भन्ने आधारमा उपचारको बाटो फरक हुन्छ । सबैलाई उच्च प्रविधियुक्त उपचार आवश्यक नै पर्छ भन्ने पनि होइन । तसर्थ यो उपचार प्रक्रियाले अलि लामो समय लिन्छ, किनभने महिनैपिच्छे अण्डा उत्पादन प्रणाली नियमन गरेर मात्र काम गर्न सकिन्छ ।

कहिलेकाहीँ अण्डा नबन्ने वा पर्याप्त गुणस्तरको अण्डा नहुने कारणले प्रक्रिया लामो हुन सक्छ । उमेर ३५–४० वर्षभन्दा कम भएकाहरूका लागि २–३ वर्षसम्म धैर्यपूर्वक प्रयास गर्दा धेरैजसोमा सफल परिणाम देखापरेको धेरै दम्पती हामीले देखिरहेका छौं । त्यसैले, बाँझोपनको उपचारमा धैर्य हुनु, सही परामर्श र निरन्तरता अत्यन्त आवश्यक हुन्छ । समस्या बुझेर, चिकित्सकसँग सल्लाह गरी सोही अनुसार उपचारको उचित प्रक्रियामा अघि बढ्दा निःसन्तानपनको समस्याको सफल समाधान गरी सुखी दाम्पत्य जीवनयापन गर्न सकिन्छ ।

बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.