जोर्नी प्रत्यारोपण आधुनिक हाडजोर्नी शल्यक्रियाको एक महत्वपूर्ण उपचार पद्धति हो, जसले हड्डी तथा जोर्नीसम्बन्धी समस्या भोगिरहेका धेरै बिरामीलाई नयाँ जीवन दिने काम गरेको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डा.गौरव न्यौपानेका अनुसार, प्रत्यारोपणको प्रमुख फाइदा भनेको दीर्घकालीन पीडा नियन्त्रण हो । पुरानो वा बिग्रिएको जोर्नीका कारणबाट हुने असह्य पीडा औषधि वा अन्य उपचारले कम नभएको अवस्थामा प्रत्यारोपणले रोगीलाई सहजता प्रदान गर्दछ ।
यसले बिरामीलाई दैनिक जीवनका सामान्य गतिविधि—जस्तै हिँडडुल, बस्ने–उठ्ने, काम गर्नका लागि सजिलो बनाउँछ । गतिशीलता बढ्ने भएकाले बिरामीहरुले पुनः सक्रिय जीवनशैली अपनाउन सक्छन् । निरन्तर पीडा हटेपछि मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ, आत्मविश्वास बढ्छ र स्वास्थ्यमा सुधार हुन्छ ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रत्यारोपण सामग्रीको टिकाउपन हो । आधुनिक प्रविधि र गुणस्तरीय सामग्री प्रयोग हुने भएकाले प्रत्यारोपणपछि धेरै वर्षसम्म रोगीलाई आराम मिल्दछ । यसरी जोर्नी प्रत्यारोपण केवल शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक सन्तुलन र सामाजिक जीवनमा पनि ठूलो सुधार ल्याउने दीर्घकालीन समाधान हो । प्रस्तुत छ, डा.न्यौपानेसँगको कुराकानी :
