• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान दिऔँ’

  •  शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

रुपन्देही, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले स्वस्थ जीवन जीउन उचित आहारमा ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएन लुम्बिनी र युएस सोयाविन एक्सपर्ट काउन्सिलले संयुक्त रुपमा आज रुपन्देहीको कोटिहवामा आयोजना गरेको प्रोटिनको अधिकार विषयक कार्यक्रममा उहाँले स्वस्थकरण जीवन बिताउन गलत आनीबानी परिवर्तन गर्न आग्रह गर्नुभयो ।

“खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ तर देशका दुर्गम ठाउँमा खानै पुग्दैन”, उहँँले भन्नुभयो । कानुनमा मात्रै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा त्यस्तो काननुनको कुनै अर्थ नभएको उहाँको भनाइ छ । प्रमुख शेरचनले पौष्टिकयुक्त आहारका लागि सरकारले उचित बजेट व्यवस्था गरेको भए पनि नागरिकले त्यसको फाइदा लिन नसकेको धारणा राख्नुभयो । “कुनै वयक्तिले सम्पत्तिमाथि सम्पत्ति थुपारेका छन् तर कतिवयले खानै पाएका छैनन् । त्यसप्रति हाम्रो ध्यान गएको छैन । यो दुःखद विषय हो । यसलाई सचेत नागरिकबाट परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश योजना अयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले पोषणयुक्त खानेकुरासँगै जनचेतना आवश्यक रहेको बताउनुभयो । गरिबीका कारण अझै पनि कतिपय नागरिकले खान नपाउने अवस्था रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशमा मात्रै १८ प्रतिशत कुपोषण रहेको जानकारी दिनुभयो । “सङ्घीय सरकारले मात्रै पोषण कार्यक्रमका लागि एउटा पालिकामा ८० लाखसम्म बजेट विनियोजन गरेको तर कार्यक्रम प्रभावकारी भएको छैन”, उपाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

मानव शरीरमा प्राटिनको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षण अस्पताल काठमाडौँका कन्सल्टेण्ट सर्जन डा सुजिता हिराचनले पोषणसम्बन्धी चेतनाको कमीले मानिसले धेरै रोगको समाना गर्नुपरेको बताउनुभयो । अस्वस्थकर खानाको बढी प्रयोग हुनु र प्रोटिनयुक्त खानामा ध्यान नदिँदा शरीर सुन्नीने, कपाल झर्ने र छाला खस्रो हुने समस्या देखिने गरेको उल्लेख गर्दै उहाँले मानिसले हरेक दिन आफ्नो तौल बराबरको प्रोटिन खान आवश्यक रहेको जानकारी गराउनुभयो ।

डा पवन कुमारले शरीर स्वस्थ राख्न ४० बढी खानेकुरा खान आवश्यक रहेको बताउनुभयो । “हामी कति वर्ष बाँच्ने भन्नेकुरा हामीले खाने खानेकुरामा भर पर्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा खाऔँ”, उहाँले भन्नुभयो । बदलिँदो जीवनशैलीले गर्दा आजभोलि मानिस बजारमा आएका खानेकुरामा जोड दिने गरे पनि घरमै बनेको खानेकुरा स्वस्थकर हुने उहाँको भनाइ छ ।

भेटेरीनरी एशोसिएशन लुम्बिनीका महासचिव डा अशेष भट्टराईले प्रोटिनयुक्त खानेकुरा खान पाउनु सबै नागरिकको अधिकार भएको बताउनुभयो । भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेशका सचिव डा वसन्त आचार्यले जीवन चलाउनका लागि सबैलाई प्रोटिनको आवश्यकता रहेको बताउनुभयो । बोटविरुवा र जनावरबाट पाइने खाद्यवस्तुमध्ये प्रोटिन सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै उहाँले शरीरको आवश्यकता आधारमा प्राटिनयुक्त खाना खान सबैलाई अनुरोध गर्नुभयो ।

नेपाल दाना उद्योग सङ्घका सचिव केशव थापाले प्रोटिनयुक्त आहारको कमीले महिलामा ढाड दुख्नेलगायत समस्या हुने भएकाले भान्सालाई प्राटिनयुक्त बनाउन आग्रह गर्नुभयो । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष होमराज बस्यालले प्रोटिनयुक्त खानेकुराको प्रयोग बढाउन जनचेतना आवश्यक रहेकामा जोड दिनुभयो ।
–––
Powered By Orson Info

शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.