• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

औषधि क्षेत्रमा आत्मनिर्भर बन्न स्वदेशी उद्योगलाई प्रोत्साहन जरुरी: प्रज्वलजंग पाण्डे

  •  आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल फार्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुँदैछ। यस एक्स्पोले नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण, प्रविधिगत विकास र उत्पादन क्षमतालाई उजागर गर्ने लक्ष्य राखेको संघले जनाएको छ।
यस वर्षको एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्, जहाँ औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा मेसिनरीहरूको प्रदर्शन गरिनेछ। नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेको स्वदेशी औषधि उद्योगले राज्यबाट अपेक्षित पहिचान र प्रोत्साहन नपाएको उद्योगीहरूको गुनासो छ। यही सन्दर्भमा नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष तथा नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डेसँगको कुराकानी तल प्रस्तुत छ ।

• नेपाल औषधि उत्पादक संघको आयोजनामा हुन लागेको दशौँ फार्मा एक्स्पोको महत्वलाई कसरी मूल्याङ्कन गर्नुभएको छ?

औषधि उत्पादक संघको आयोजनामा हुने ‘नेपाल फार्मा एक्स्पो’ लाई नेपालमा उद्यमशीलताको विकाससँग जोडेर हेर्न सकिन्छ। यसलाई नेपालले एक ठूलो उपलब्धिका रूपमा हासिल गरेको छ। औषधि क्षेत्रमा देशको आधा मागलाई पूरा गर्न सक्ने क्षमतामा रहेको स्वदेशी उद्योगले आयोजना गर्न लागेको यो एक्स्पो अत्यन्तै महत्त्वपूर्ण छ। औषधि उत्पादनका क्षेत्रमा हाल प्रयोग भइरहेका प्रविधि तथा पछिल्लो समय विकसित भएका नवीन प्रविधिहरूलाई समेत यस एक्स्पोले प्राथमिकतामा राख्नु अझ बढी अर्थपूर्ण छ।

• फार्मा एक्स्पोले नेपाली औषधि क्षेत्रको गुणस्तर र विश्वसनीयता बढाउन कस्तो भूमिका खेल्छ?

एक्स्पोमा औषधि उत्पादन क्षेत्रमा प्रयोग हुँदै आएका अत्याधुनिक प्रविधिहरूलाई प्रदर्शन गरिन्छ। औषधि उत्पादन एकदमै संवेदनशील क्षेत्र हो। वर्तमान समयमा नेपाली औषधि उद्योगको विश्वसनीयता निरन्तर बढ्दै गएको छ। नेपालमा उत्पादित औषधिहरू विदेशमा समेत निर्यात हुनुले हाम्रो गुणस्तर प्रमाणित गरिसकेको छ। यो फार्मा एक्स्पोले नेपाली औषधि उद्योगको साख र विश्वसनीयतालाई अझ उचाइमा पुर्‍याउने मेरो विश्वास छ।

• फार्मेसी काउन्सिलले फार्मेसी व्यवसायलाई थप व्यावसायिक तथा मर्यादित बनाउन के-कस्ता कदम चाल्दै आएको छ?
हाल फार्मेसी काउन्सिलमा पूर्ण रूपमा डिजिटल प्रणालीको विकास भएको छ। मुख्यगरी काउन्सिलले राख्नुपर्ने सबै अभिलेखहरूलाई डिजिटल संयन्त्रमा रूपान्तरण गरिएको छ। परीक्षाको फारम भर्नेदेखि प्रवेश परीक्षा दिनेसम्मका ९९.९९ प्रतिशत कामहरू अहिले डिजिटल भइसकेका छन्। सानो भुक्तानी गर्नेदेखि प्रमाणपत्र लिने कामसम्म डिजिटल माध्यमबाटै गर्न सकिने व्यवस्था छ। काउन्सिल व्यवसायसँग भन्दा पनि बढी फर्मासिस्टहरूसँग जोडिएको छ। ‘सही स्थानमा उपयुक्त व्यक्तिको छनोट’ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ। नेपालमा दर्ता भएका फर्मासिस्टहरू कुन स्थानमा कार्यरत छन् भन्ने स्पष्ट अभिलेख हामीसँग छ। विभिन्न काउन्सिलहरूमध्ये सबैभन्दा पहिले डिजिटल प्रणाली अपनाउने निकाय नेपाल फार्मेसी काउन्सिल नै हो, जसमा हामी गर्व गर्न सक्छौँ।
• ‘गुड फार्मेसी प्राक्टिस’ कार्यान्वयनको अवस्था कस्तो छ?

हामीले फर्मासिस्टहरूको कार्यशैली र व्यवहारमा केन्द्रित रहेर उनीहरूलाई विभिन्न परामर्श प्रदान गर्दै आएका छौँ। उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका तालिमहरूको व्यवस्था समेत गर्ने गरिएको छ। भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्राथमिकताका साथ अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ।

• दशौँ संस्करणको फार्मा एक्स्पो नयाँ पुस्ताका फर्मासिस्टहरूका लागि कसरी उपयोगी बन्न सक्छ?

नयाँ पुस्ताका फर्मासिस्टहरूका लागि यो एक्स्पो एउटा ठूलो पाठशाला बन्न सक्छ। उनीहरूले नेपालको औषधि क्षेत्रमा भइरहेको प्राविधिक विकासबारे प्रत्यक्ष ज्ञान लिन पाउनेछन्। नेपालमै केही गर्न सकिने सम्भावना र उद्यमशीलताको विकास उनीहरूले यहाँ देख्न पाउनेछन्। यसले नयाँ पुस्तालाई अनुसन्धान र खोजतर्फ अभिमुखीकरण गर्न ठूलो सहयोग पुर्‍याउँछ।

• अनलाइन फार्मेसी तथा डिजिटल प्लेटफर्ममार्फत औषधि बिक्री गर्ने अभ्यासका बारेमा नेपाल फार्मेसी काउन्सिलको धारणा के छ?

साधारणतया ओटीसी (OTC) श्रेणीका उत्पादनहरू अन्य देशमा पनि अनलाइन बिक्री हुने गर्छन्। त्यसका लागि एक निश्चित प्रणाली विकास गरेर अगाडि बढ्दा खासै आपत्ति हुन्न। तर, चिकित्सकको प्रेस्क्रिप्सन चाहिने औषधि (Prescribed Drugs) र एन्टिबायोटिकको हकमा भने पुर्जा बिना अनलाइन बिक्री गर्दा स्वास्थ्यमा गम्भीर खेलबाड हुने सम्भावना रहन्छ। यसका लागि हामीले औषधि व्यवस्था विभागसँग समन्वय गरिरहेका छौँ। मन्त्रालयले पनि यसमा पहल गर्ने बताएको छ। हामी यसलाई सही र सुरक्षित बाटोतर्फ लैजान प्रयासरत छौँ।

• फर्मासिस्ट बिना फार्मेसी चलाउने समस्या कत्तिको गम्भीर हो? यसलाई कसरी समाधान गर्न सकिन्छ?

विगतमा नेपालमा फर्मासिस्टहरूको जनशक्ति कम थियो। त्यतिबेला औषधि व्यवस्था विभागले अभिमुखीकरण कार्यक्रमहरूलाई प्राथमिकता दिएको थियो। यद्यपि, अहिले फर्मासिस्टको जनशक्ति पूर्ति हुन सक्ने स्थानमा विस्थापनको प्रक्रिया सुरु भएको छ। यो काम औषधि व्यवस्था विभागसँगको सहकार्यमा भइरहेको छ। गाउँ-गाउँमा चिकित्सक र फर्मासिस्टहरूको अभाव रहेको तीतो यथार्थ छ। त्यसका लागि हामीले सरकारी स्तरमा फर्मासिस्टको दरबन्दी बढाउन नीति निर्माण तहमा पहल गरिरहेका छौँ। दरबन्दी बढेमा यो समस्या धेरै हदसम्म सम्बोधन हुने मेरो विश्वास छ।

• जथाभाबी एन्टिबायोटिक र अन्य औषधिको प्रयोग रोक्न काउन्सिलले के कस्ता रणनीति अपनाएको छ?

जथाभाबी एन्टिबायोटिक प्रयोग रोक्न सञ्चालन गरिने विभिन्न सचेतनामूलक कार्यक्रमहरूमा काउन्सिलले सक्रिय साथ दिँदै आएको छ। हामीले फर्मासिस्टहरूलाई नै परिचालन गरेर यस्ता सचेतना कार्यक्रमहरू गरिरहेका छौँ। यसका लागि हामीले ‘आचारसंहिता’ समेत जारी गरेका छौँ। प्रत्येक फर्मासिस्टले उक्त आचारसंहिताको परिधिभित्र रहेर मात्र काम गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

• औषधि उद्योगले नेपालमा रोजगारी सिर्जना र राजस्व वृद्धिमा कस्तो योगदान गरिरहेको छ?

औषधि उद्योग यस्तो क्षेत्र हो जसले कम लागतमा धेरै उत्पादन गरी राज्यलाई ठूलो राजस्व बुझाउन सक्छ। छिमेकी राष्ट्रहरूको अनुभव हेर्ने हो भने पनि औषधि उद्योग निर्यातमा चौथो ठूलो उद्योगका रूपमा रहेको पाइन्छ। नेपाल पनि औषधि क्षेत्रमा आधा आत्मनिर्भर भइसकेको छ, जुन अन्य देशको तुलनामा निकै राम्रो प्रगति हो। विश्वका आधाभन्दा कम देशहरूले मात्र औषधि उत्पादन गर्छन्, जसमा नेपाल पनि पर्नु गर्वको कुरा हो। त्यसैले यस्तो संवेदनशील र गौरवपूर्ण उद्योगलाई सरकारले प्राथमिक रूपमा सुरक्षा र संरक्षण दिनुपर्छ भन्ने मलाई लाग्छ। विद्यमान नीतिमा भएका केही पक्षलाई मात्र परिमार्जन गर्न सकियो भने औषधि उद्योगले अनुसन्धान र स्वरोजगारमा ठुलो योगदान पुर्याउने छ।

← Back

Thank you for your response. ✨

 

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.