• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

फड्को मार्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  •  आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

सन् १९५७ मा मेजर वीरसिंह गुरुङले सुरुवात गर्नुभएको Soldier Board अस्पताल सन् १९६२ मा नेपाल सरकारलाई हस्तान्तरण भई कास्की जिल्ला अस्पतालको नामले सञ्चालन भएको थियो । सन् १९८६ मा नेपाल सरकारले यस अस्पताललाई १५० बेडमा स्तरोन्नति गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण गर्‍यो । २०७२ माघ १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संसदबाट पारित भई साविकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ५०० बेडको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नति भई सञ्चालनमा रहेको छ ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहजरुपमा सुलभ एवं गुणस्तरीय सेवा उपलब्ध गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो । स्थापनाको दशौँ वर्षमा प्रवेश गरिरहँदा प्रतिष्ठानले वार्षिक लाखौँ बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विज्ञानसँग सम्बन्धित स्वास्थ्य शिक्षा, अनुसन्धान र उपचार सेवालाई समानान्तररुपमा अगाडि बढाउँदै आएको छ ।

हालसम्म यस प्रतिष्ठानमा स्नातकोत्तरतर्फ एमडी/एमएस तथा स्नातकतर्फ एमबिबिएस, बिएनएस, बिएस्सी नर्सिङ कार्यक्रमहरूमा अध्ययन–अध्यापन भइरहेको छ । एमडी/एमएस कार्यक्रमका लागि विभिन्न १४ वटा विभागहरू (Surgery, Medicine, Pediatrics, Obstetrics & Gynecology, Radiology, Anesthesiology, Orthopedics, Pathology, ENT, Dermatology, Psychiatry, Forensic Medicine, Ophthalmology, MDGP) मा कुल १०० जना आवासीय चिकित्सकहरू अध्ययनरत हुनुहुन्छ । यो धेरै खुसीको कुरा हो ।

यस प्रतिष्ठानका पहिलो तीन ब्याचका एमडी/एमएस तहका विद्यार्थीहरूले अध्ययन कार्य पूरा गरी विभिन्न अस्पतालहरूमा विज्ञ चिकित्सकको रूपमा कार्यरत हुनुहुन्छ । त्यसैगरी स्नातक तहतर्फ एमबिबिएस पहिलो र दोस्रो ब्याच गरी सय जना विद्यार्थीहरू रहेका छन् भने नर्सिङतर्फ बिएस्सी र बिएनएसका ४ ब्याचमा १७१ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

जनशक्ति

हाल प्रतिष्ठानमा नेपाल स्वास्थ्य सेवाका स्थायी तथा प्रतिष्ठानतर्फका करार शिक्षकहरूले अध्यापन गराउँदै आइरहनुभएको छ । हालसम्म १४९ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकहरू आबद्ध हुनुहुन्छ ।

प्रतिष्ठानको प्राज्ञिकतर्फको संगठन संरचना सर्वेक्षण (O&M Survey) गर्न सकेमा प्रतिष्ठानको क्षमता वृद्धिसँगै विशेषज्ञ चिकित्सक तथा कर्मचारीहरूको पदपूर्ति हुँदै जाँदा अस्पताल सेवा र शैक्षिक कार्यक्रमहरू थप गुणस्तरीय बन्नेछन् । प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारीहरूले अस्पताल र शैक्षिकतर्फ दोहोरो भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँहरूको मनोबल उच्च राख्न, सेवाप्रति उत्प्रेरित गराई कार्यक्षमता अभिवृद्धि गर्न तथा समग्र सेवा प्रवाहको स्तर बढाउन उचित प्रोत्साहन भत्तालाई निरन्तरता दिनु आवश्यक छ ।

सम्भावना र चुनौतीहरू

भविष्यमा यस प्रतिष्ठानले आवश्यक पर्ने भौतिक संरचना तथा आधुनिक Skill Lab निर्माण गर्दै जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज तथा DM÷MCh जस्ता विशेषज्ञ कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ । हालका सम्पूर्ण शैक्षिक कार्यक्रमहरू अस्पताल परिसरभित्र नै सञ्चालनमा रहेका छन् । समयको माग तथा नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यक्रमहरू थपिँदै जाँदा शैक्षिक कार्यक्रमहरू छुट्टै स्थानमा सार्न सके अझ व्यवस्थित र मजबुत हुने कुरा महसुस गरिएको छ ।

प्रतिष्ठानबाट करिब पाँच किलोमिटर दूरीमा यस प्रतिष्ठानको ६५ रोपनी जग्गा रहेको छ । उक्त जग्गामा संघीय सरकारबाट शैक्षिक कार्यक्रमका लागि अनुदान प्राप्त गरी प्राज्ञिक भवन, छात्रावास तथा खेलमैदान निर्माण गर्न सकिएमा शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित र गुणस्तरीय तवरले सञ्चालन गर्न सकिने थियो ।

हाम्रो उद्देश्य शैक्षिक उत्कृष्टता कायम राख्ने, शैक्षिक कार्यक्रमहरूको सहज सञ्चालन र गुणस्तर सुनिश्चित गर्ने, रणनीतिक दिशा प्रदान गर्ने, संकाय विकास गर्ने तथा अनुसन्धानलाई बढावा दिने नै हो । हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको पाठ्यक्रमको मूल्याङ्कन गर्दै हाम्रो भौगोलिक सन्दर्भअनुकूल तथा अन्तर्राष्ट्रिय मान्यतायुक्त गुणस्तर कायम गर्न नियमित रूपमा पाठ्यक्रम परिमार्जन तथा अद्यावधिक गर्नुपर्ने आवश्यकता छ ।

हामीले Medical Education Department स्थापना तथा Research Grant को व्यवस्था गरेका छौँ । यस शाखालाई सक्रिय बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी शिक्षक र विद्यार्थीहरूबीच अनुभव तथा सिकाइको आदान–प्रदान गर्नुपर्नेछ । अनुसन्धानलाई प्राथमिकतामा राखी क्लिनिकल अनुसन्धानमा आबद्ध गराउन Research Grant उपलब्ध गराउँदै आगामी दिनमा यस प्रतिष्ठानको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने कार्यक्रमहरू सञ्चालन गरिने छन् ।

शिक्षकहरूको क्षमता विकासलाई आवश्यक ठानी वार्षिक तालिका बनाई सम्पूर्ण शिक्षकहरूका लागि “संकाय विकास प्रशिक्षण” तथा “अनुसन्धान पद्धति” जस्ता महत्वपूर्ण तालिम कार्यक्रमहरूको सुरुवात गरिएको छ । विद्यार्थीको सफलता र समग्र विकास अर्को प्रमुख उद्देश्य हो । विद्यार्थी केन्द्रित शिक्षण अभ्यासहरूलाई बढावा दिँदै, शैक्षिक चुनौतीहरूलाई सम्बोधन गर्दै, शैक्षिक पहुँच सुनिश्चित गरी अनुकूल सिकाइ वातावरण सिर्जना गर्न आवश्यक प्रक्रिया अगाडि सारिएको छ ।

वर्तमान समयमा डिजिटलाइजेसन विशेष मुद्दाका रुपमा रहेको छ । मेडिकल शिक्षामा डिजिटलाइजेसनले ठूलो महत्व राख्दछ । डिजिटल प्रविधिहरूले सूचना पहुँच विस्तार गर्नुका साथै अन्तरक्रियात्मक शिक्षालाई बढावा दिई क्लिनिकल क्षमतालाई सुदृढ बनाएको छ । अनलाइन लेक्चर, ई–बुक, भर्चुअल पुस्तकालय तथा खुला शैक्षिक प्लेटफर्महरूले मेडिकल विद्यार्थीहरूलाई कुनै पनि समयमा अध्ययनको अवसर प्रदान गर्छन् र निरन्तर अद्यावधिक चिकित्सकीय ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछन् । यसको सहजताका लागि हामीले डिजिटलाइजेसनसम्बन्धी खरिद प्रक्रिया अगाडि बढाएका छौँ ।

नेपाल सरकारले जारी गरेको न्यूनतम सेवा मापदण्डअनुसार सेवा सञ्चालनका लागि आवश्यक स्रोत साधन तथा जनशक्ति व्यवस्थापन गर्दै विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य विज्ञानको क्षेत्रमा यस प्रतिष्ठानप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्ने सोचका साथ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढेको छ । स्वास्थ्य सेवामा सुधार तथा विस्तारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्दै थप पूर्वाधार निर्माण गरी परिवर्तित सन्दर्भमा सिर्जना भएका चुनौतीहरूका बीच गुणस्तरीय स्वास्थ्य सेवा तथा उत्कृष्ट प्राज्ञिक संस्थाका रूपमा स्थापित हुनु नै प्रतिष्ठानको मूल लक्ष्य रहेको छ । साथै, नेपालको पर्यटकीय शहर पोखरालाई निकट भविष्यमा मेडिकल टुरिजमको रुपमा समेत विकास गर्ने सोचमा हामी अगाडि बढेका छौं ।

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.