• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २५ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २८ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३१ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३४ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

स्त्रीरोग विशेषज्ञका रुपमा लोकप्रिय डा. लोकबहादुर सेढाई

  •  मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित

चितवन । नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य सेवाले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्राथमिकता पाएको छ । विशेषगरी ग्रामीण र सहरी क्षेत्रमा महिलाले भोग्दै आएका स्वास्थ्य समस्याको समाधानका लागि समर्पित चिकित्सकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । यस्तै समर्पित चिकित्सकमध्येका एक स्वास्थ्य नगरी चितवनमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. लोकबहादुर सेढाई हुनुहुन्छ ।

धादिङको गजुरीमा सामान्य किसान परिवारमा जन्मनु भएका डाक्टर सेढाईको प्राथमिक र माध्यामिक तहको अध्ययन धादिङको गजुरी र चितवनको विरेन्द्रनगरबाट भयो । त्रिभुवन विश्वविद्यालयबाट हेल्थ असिस्टेण्ट (एचए), एमबिबिएस र स्त्री तथा प्रसूति रोग विधामा सोही संस्थाबाट एमएसको अध्ययन छात्रवृत्तिमै गर्नुभएका वरिष्ठ चिकित्सक सेढाई सरकारी सेवा प्रवेशका क्रममा पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम, तराइका रौतहट, हेटौंडा र चितवनको भरतपुर अस्पताल हुँदै निजी स्वास्थ्य संस्था चितवन मेडिकल कलेज र पछिल्लो समय विभागीय नेतृत्वसहित एनपिआइ नारायणी सामुदायिक अस्पताल, भरतपुरमा कार्यरत हुनुहुन्छ ।

सामान्य किसान परिवारको पृष्ठभूमिबाट आएका प्रा.डा. सेढाईले ४७ वर्षदेखि बिरामीका लागि स्वास्थ्य सेवासँगै चिकित्सा शास्त्रका विद्यार्थीलाई अध्यापन गराउँदै आउनु भएको छ । प्रा.डा. सेढाई बिरामीको सेवाप्रति निरन्तर जोश, जाँगर र सक्रिय भूमिकामा हुनुहुन्छ । उहाँले महिला स्वास्थ्य सेवा र शिक्षालाई आफ्‌नो पेशाको केन्द्रमा राखी निरन्तर सेवा दिँदै चितवन र आसपासका क्षेत्रका हजारौँ महिलाको जीवनमा आशा, भरोसा र नयाँ सम्भावनाको उज्यालो फैलाउनु भएको छ ।

महिला रोग उपचारमा समर्पित यात्रा

डा. लोकबहादुर सेढाईले चिकित्सा शिक्षामा उत्कृष्टता हासिल गरेपछि स्त्री तथा प्रसूति रोग सेवा क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गर्दै आउनु भएको छ । गर्भावस्था, सुरक्षित सुत्केरी सेवा, पाठेघर तथा अण्डाशयसम्बन्धी समस्या, महिनावारी गडबडी, बाँझोपन उपचारपछिका जटिलतालगायत महिलाहरूमा देखापर्ने स्वास्थ्यका विविध आयाममा उहाँको विशेषज्ञता सेवा उल्लेखनीय छ । समयमै सही निदान र वैज्ञानिक उपचार पद्धतिको प्रयोगमार्फत उहाँले महिलालाई दीर्घकालीन स्वास्थ्य लाभ प्रदान गर्दै आउनु भएको छ । त्यसैकारण प्रा.डा. लोकबहादुर सबैको लोकप्रिय बन्नु भएको छ ।

सुरक्षित मातृत्वमा प्रेरणादायी भूमिका

नेपालमा अझै पनि मातृ मृत्युदर चुनौतीको रुपमा रहेको सन्दर्भमा डा. सेढाईको योगदान अत्यन्तै प्रेरणादायी छ । गर्भावस्थादेखि सुत्केरी र सुत्केरीपछिको हेरचाहसम्म निरन्तर अनुगमन गरी उहाँले सुरक्षित मातृत्व सेवामा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । जटिल प्रसूति अवस्थाको सफल व्यवस्थापन, समयमै सिजेरियन शल्यक्रिया तथा आपतकालीन सेवा उपलब्ध गराई धेरै आमाहरूको जीवन रक्षा गर्नु उहाँको सेवाको मुख्य उपलब्धि मानिन्छ ।

महिलामैत्री व्यवहार र विश्वासको आधार

डा. सेढाईको उपचार सेवाको सबैभन्दा ठूलो विशेषता भनेको महिलामैत्री व्यवहार हो । महिला बिरामीले आफ्‌ना समस्या खुलस्तरुपमा राख्न नसक्ने समस्या देखेपछि उहाँले परामर्शलाई सरल, गोप्य र आत्मीय बनाउँदै आउनु भएको छ । समाजमा अझै पनि महिलाले आफ्‌ना प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याबारे खुल्न नसक्ने अवस्था विद्यमान रहँदारहँदै पनि डा. सेढाईको व्यवहारले धेरै महिलामा आत्मविश्वास बढाएको छ । यही कारणले उहाँप्रति बिरामीको विश्वास दिनानुदिन बढ्दै गएको देखिन्छ ।

उपचारमा आधुनिक प्रविधि

स्त्री तथा प्रसूति रोगको उपचारमा समयसँगै प्रविधि परिवर्तन भइरहेको अवस्थामा डा. सेढाईले आधुनिक चिकित्सा उपकरण र नवीन उपचार विधिलाई अपनाउँदै सेवा प्रदान गर्नुभएको छ । ल्याप्रोस्कोपिक सर्जरी, पाठेघरसम्बन्धी शल्यक्रियालगायत सेवामा उहाँको दक्षता उल्लेखनीय छ । आधुनिक प्रविधिको प्रयोगले उपचारलाई सुरक्षित, छिटो र प्रभावकारी बनाएको छ, जसबाट बिरामीले कम पीडा र छोटो समयमै स्वास्थ्य लाभ पाएका छन् ।

स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्व

डा. लोकबहादुर सेढाई केवल अस्पतालभित्र सीमित चिकित्सक मात्र नभई उहाँ समाजप्रति उत्तरदायी स्वास्थ्यकर्मी पनि हुनुहुन्छ । किशोरी स्वास्थ्य, महिनावारी स्वच्छता, परिवार नियोजन, पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच तथा स्तन क्यान्सर सचेतना जस्ता विषयमा अस्पताल र सामाजिक संस्थाहरुको आयोजनामा उहाँले विशेषज्ञ चिकित्सकको रुपमा विभिन्न स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रममा सहभागिता जनाउँदै आउनु भएको छ । उहाँले नेपाल चिकित्सक संघ र स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको संगठनलाई समेत नेतृत्व गरिसक्नु भएको छ ।

चितवनको स्वास्थ्य सेवामा प्रेरणादायी व्यक्तित्व

चितवन जस्तो तीव्ररुपमा विकसित हुँदै गरेको क्षेत्रमा महिला स्वास्थ्य सेवाको गुणस्तर सुधारमा डा. सेढाईको योगदान उल्लेखनीय छ । उहाँको निरन्तर प्रयासले स्थानीय महिलालाई काठमाडौं धाउनु नपरी गुणस्तरीय स्त्री रोग सेवा चितवनमै प्राप्त भएको छ । यसले समय, खर्च र मानसिक तनाव सबैको बचत गरेको छ । डा. सेढाई चितवनको महिला स्वास्थ्य सेवाका सशक्त स्तम्भका रुपमा स्थापित र परिचित हुनुहुन्छ । उहाँको ज्ञान, अनुभव, सेवाभाव र मानवीय संवेदनशीलताले महिला स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ । महिला रोग विशेषज्ञका रूपमा उहाँले खेलेको भूमिका केवल उपचारमा सीमित नरही महिलाको समग्र जीवनस्तर उकास्ने दिशामा केन्द्रित छ । निश्चय नै डा. सेढाईको योगदान नेपाली स्वास्थ्य क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको छ ।

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.