• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

निमोनियाले बच्चाको ज्यान नै जोखिममा पार्न सक्छ : डा. खेमराज पौडेल

  •  बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

चिसो मौसममा प्रायः सानो उमेरका बालबालिकाहरूमा निमोनिया रोगले किन धेरै असर गर्छ, भनी भरतपुर अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलसँग स्वास्थ्य दर्पण टिमले कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. पौडेलसँगको संवाद :

 निमोनिया भनेको के हो ?

0 निमोनिया भनेको फोक्सोमा संक्रमण भएर फोक्सोका साना थैलीहरू ९एयर स्याक्स० मा पस, पानी वा कफ भरिने अवस्था हो । यसले सास फेर्न गाह्रो बनाउँछ र बच्चाको ज्यान नै जोखिममा पार्न सक्छ ।

 चिसो मौसममा बच्चामा निमोनिया किन बढी देखिन्छ ?

0 चिसो मौसममा बच्चाहरूलाई चिसो हावा, धुलोधुँवा, भाइरस तथा ब्याक्टेरियाको संक्रमण छिटो लाग्ने गर्छ । बच्चाको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वयस्कको भन्दा कमजोर हुने भएकाले यस समयमा निमोनिया हुने जोखिम धेरै हुन्छ ।

 बच्चामा निमोनियाका मुख्य लक्षण केके हुन्छ ?

0 छिटोछिटो सास फेर्नु, सास फेर्दा छाती धस्सिनु, उच्च ज्वरो आउनु, खोकी बढ्दै जानु, दूध र खाना नखानु, बच्चा सुस्त हुनु, झोक्राएको जस्तो देखिनु, नाक फुलाएर सास फेर्नु, ओठ वा नङ निलो देखिनु निमोनिया रोगको प्रभाव भएमा देखिने लक्षणहरू हुन् ।

 कुन–कुन उमेरका बच्चामा निमोनियाको जोखिम बढी हुन्छ ?

0 सामान्यतया ५ वर्ष मुनिका बालबालिका, कुपोषित बच्चा, समयभन्दा अगाडि जन्मिएका बच्चा, खोप पूरा नलगाइएका बच्चा, धुँवाधुलो भएको वातावरणमा बस्ने बच्चा, बारम्बार रुघाखोकी लाग्ने बच्चाहरूमा निमोनिया रोगको असर बढी देखा पर्ने गर्दछ ।

 बच्चालाई चिसोबाट कसरी जोगाउने ?

0 बच्चालाई न्यानो कपडा लगाइदिने, टाउको, छाती र खुट्टा राम्रोसँग ढाक्ने, बिहान–साँझ चिसो हावाबाट जोगाउने, धेरै चिसोमा बाहिर ननिस्कने गरिएमा यो समस्याबाट बच्न सहयोग पुग्दछ ।

 खानपान र पोषणको तालमेल कसरी मिलाउनु पर्दछ ?

0 स्तनपान गर्ने बच्चालाई नियमित स्तनपान गराउने, उमेर अनुसार पोषिलो खाना खुवाउने, तातो झोलिलो खानेकुरा दिने, पानी पर्याप्त खुवाउने गर्दा राम्रो हुन्छ ।

 खोपले निमोनियाबाट जोगाउँछ भन्ने सुनिन्छ । कुरा ठिक हो त डाक्टर साब ?

0 हो, निमोनिया विरुद्धको खोप (एऋख्), दादुराविरुद्धको खोप, बीसीजी खोपले निमोनियाको जोखिम धेरै हदसम्म घटाउँछन् । त्यसैले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप अनिवार्य लगाउनुपर्छ । नेपाल सरकारले पनि यी खोप सेवालाई निरन्तरता दिँदै प्रभावकारी तरिकाले अगाडि बढेको अवस्था छ ।

 घरको वातावरण कस्तो हुनुपर्छ ?

0 घरभित्र धुँवा नलगाउने, दाउरा, कोइला बाल्दा बच्चालाई टाढा राख्ने, घरभित्र हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउने, धुलो कम गर्ने विषयमा ध्यान दिनु आवश्यक छ । यदि बच्चाले सास फेर्न गाह्रो मानेमा, छाती धस्सिने गरी सास फेरेमा, दूध वा पानी पनि नखाने भएमा, ज्वरो नघटेमा, बच्चा अत्यधिक सुस्त भएमा उपचारका लागि बच्चालाई अस्पतालमा लैजानु पर्दछ ।

चिसो मौसममा बच्चामा निमोनिया देखिएमा गम्भीर रोग हो भन्ने बुझेर समयमै सचेत भएमा सजिलै रोकथाम गर्न सकिन्छ । न्यानो वातावरण, पोषणयुक्त खाना, खोप र प्रारम्भिक लक्षण देखिनासाथ उपचार नै बच्चालाई स्वस्थ राख्ने मुख्य उपाय हुन् । तसर्थ सबै अभिभावकले चिसो मौसममा बच्चामा देखा पर्ने निमोनिया रोगबारे सचेत हुनु आवश्यक देखिन्छ ।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.