• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

डार्फर अस्पताल आक्रमणमा ६४ जनाको मृत्यु

  •  आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

कायरो  । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ। यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

मृतकमध्ये १३ जना बालबालिका रहेका छन्, जसले द्वन्द्वको मानवीय मूल्य अझ गम्भीर बनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस गेब्रेयससका अनुसार गत शुक्रबार पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणमा कम्तीमा ८९ जना घाइते भएका छन् ।

आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको छ, जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ । सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ। यस मुलुकमा नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ।

यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएका छन्। अस्पतालमा भएको यस पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। द्रुत समर्थन बलले उक्त आक्रमण सेनाबाट भएको दाबी गरेको छ भने सेनाले अस्पतालमा आक्रमण गरिएको अस्वीकार गरेको छ। यद्यपि, दुई जना सैन्य अधिकारीहरूले भने नजिकै रहेको प्रहरी चौकीलाई लक्षित गरिएको आक्रमण भएको बताएका छन्।

उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा यसबारे जानकारी दिएका हुन्। संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार हालसम्मको युद्धमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, तर विभिन्न सहायता संस्थाहरूले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युद्ध सुरु भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यसै सन्दर्भमा टेड्रोस गेब्रेयससले सुडानमा भइरहेको हिंसात्मक द्वन्द्व तत्काल कम गर्न आग्रह गर्नुभएको छ। उहाँले ‘अब पर्याप्त रगत बगिसकेको छ, पर्याप्त पीडा भोगिएको छ, अब द्वन्द्व कम गर्ने समय आएको छ’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर ध्यान दिन आह्वान गर्नुभयो । रासस

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.