• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पोखरेलीको मन जितेका चिकित्सक डा. वसन्त ताम्राकार

  •  बुधबार, चैत ११, २०८२ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटन क्षेत्रसँगै पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको स्वास्थ्य नगरी हो । यही सुन्दर सहरमा बाल्यकाल विताउनुका साथै विद्यालय तहका सबै अध्ययन समेत पोखराबाटै गर्नुभएका वरिष्ठ चिकित्सक डा.वसन्त ताम्राकारले एमबिबिएस र जनरल मेडिसिनमा एमडी तहको चिकित्सा अध्ययन पाकिस्तानबाट गर्नु भएको हो । नाम वसन्त जस्तै चिकित्सा क्षेत्रमा पनि सन्त स्वभावका उहाँ बिरामीहरूको रोग पहिचान र उपचारसँगै उनीहरूको मनोभावना बुझ्ने र पारिवारिक वातावरणमा उपचार दिने चिकित्सकीय शैलीका कारण बिरामीका प्रिय चिकित्सकको रुपमा स्थापित हुनुहुन्छ डा. ताम्राकार ।

सरकारी सेवामा रहँदा नेपालका सुगम र दुर्गम सबैजसो ठाउँमा बसी जनताको सेवामा लाग्नुभएका डा. ताम्राकारले आफ्नो सरकारी सेवाको अवकास हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट लिनुभएको हो । डा. वसन्त ताम्राकार पेशाले मेडिकल चिकित्सक भए पनि उहाँमा समाजका हरेक विषयमा चासो लिने र समाजका लागि केही गर्नुपर्छ भन्ने असल भावना छ । उनी सहयोगी हृदयका वरिष्ठ चिकित्सकको रुपमा पोखरेली समुदायबीच परिचित हुनुहुन्छ । उहाँले स्वास्थ्य क्षेत्रमा खोज, अनुसन्धानलगायत सर्ने र नसर्ने रोगका बारेमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ ।

लामो समयदेखि जनरल मेडिसिन विधामार्फत एचआईभी तथा एड्स, कोभिड–१९ तथा अन्य विविध स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनुभएका डा. ताम्राकार एक अनुभवी, समर्पित र प्रेरणादायी चिकित्सकका रुपमा स्थापित हुनुहुन्छ । उहाँको सेवा केवल रोग उपचारमा सीमित नरही स्वास्थ्य सचेतना, मानवीय संवेदना र संकटकालीन नेतृत्वसम्म फैलिएको छ ।

जनरल मेडिसिनमा प्रेरणादायी भूमिका

डा. वसन्त ताम्राकारले जनरल मेडिसिनलाई स्वास्थ्य सेवाको आधारस्तम्भका रुपमा लिँदै काम गर्दै आउनुभएको छ । ज्वरो, संक्रमणजन्य रोग, उच्च रक्तचाप, मधुमेह, दम, पाचन प्रणालीका समस्या तथा दीर्घ र जीवनशैलीसँग सम्बन्धित रोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापनमा उहाँको भूमिका निकै प्रेरणादायी देखिन्छ । उहाँको भनाइ छ, “जनरल मेडिसिन भनेको सबै रोगको पहिलो ढोका हो । यहीँ सही निर्णय लिन सकियो भने बिरामीलाई गम्भीर अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ ।” समग्र स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर उपचार गर्ने उहाँको अभ्यासले बिरामीको दीर्घकालीन स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको छ ।

एचआईभी तथा एड्स क्षेत्रमा सेवा

कुनै बेला यस्तो समय थियो जहाँ एचआईभी संक्रमित र अन्य भाइरसबाट प्रभावित व्यक्तिको उपचारमा ठूलो विभेदको अवस्था थियो । ती दिनमा डा. वसन्त एचआईभी संक्रमित व्यक्ति र तिनका परिवारका सेवामा बिहानको घामको किरण जस्तै बनेर सेवामा लागि पर्नुभयो । समाजमा अझै पनि भ्रम, डर र विभेदले घेरिएको एचआईभी तथा एड्स क्षेत्रमा डा. ताम्राकारको योगदान विशेषरुपमा उल्लेखनीय मानिन्छ । उहाँले यस रोगलाई वैज्ञानिक, नैतिक र मानवीय दृष्टिकोणबाट सम्बोधन गर्दै परीक्षण, परामर्श, उपचार र सहयोगमा निरन्तर सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँको स्पष्ट भनाइ छ, “एचआईभी आज उपचारयोग्य दीर्घ अवस्था हो । सही जानकारी, नियमित औषधि र सकारात्मक सोच भएमा संक्रमित व्यक्ति पनि सामान्य र सम्मानित जीवन बाँच्न सक्छ ।” एचआईभी संक्रमित व्यक्तिको गोपनीयता, आत्मसम्मान र सामाजिक स्वीकार्यतालाई प्राथमिकता दिनु उहाँको सेवाको महत्वपूर्ण पक्ष हो ।

कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रही योगदान

संसारभर कोभिड–१९ महामारीका कठिन र चुनौतीपूर्ण दिनहरूमा पोखरामा रही डा. वसन्त ताम्राकार बिरामीहरूको अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सकमध्ये एक हुनुहुन्छ । जोखिम, स्रोतसाधनको अभाव र मानसिक तनावका बीच पनि उहाँले बिरामीको उपचार, होम आइसोलेसन परामर्श, दीर्घरोगीको विशेष हेरचाह तथा जनचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “कोभिड महामारीले चिकित्सकलाई उपचारकर्ता मात्र होइन, समाजप्रति उत्तरदायी अभियन्ता पनि बनायो ।” महामारीका बेला देखाएको उहाँको साहस, समर्पण र सेवाभाव पोखरावासीका लागि प्रेरणादायी बन्यो ।

बिरामीमैत्री व्यवहार र विश्वासको सम्बन्ध

डा. ताम्राकारको उपचार शैलीको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको बिरामीमैत्री व्यवहार हो । उहाँ बिरामीको समस्या धैर्यपूर्वक सुन्नुहुन्छ, रोगको अवस्था सरल र स्पष्ट भाषामा बुझाउनुहुन्छ र उपचार प्रक्रियामा विश्वासको वातावरण सिर्जना गर्नुहुन्छ ।

“डा. ताम्राकारसँग उपचार गराउँदा डर हटेर आत्मविश्वास आउँछ । उहाँले रोगभन्दा पहिले बिरामीको मन बुझ्‌नुहुन्छ ।” डा. ताम्राकारले उपचार गरेका बिरामीहरूको यस्तै प्रतिक्रियाले उहाँलाई पोखरामा विश्वासिला चिकित्सकका रुपमा स्थापित गरेको छ । उहाँले दीर्घ रोगको व्यवस्थापन, जीवनशैली सुधार, औषधिको सही प्रयोग, नियमित स्वास्थ्य परीक्षण तथा रोग निवारणसम्बन्धी सचेतनामा निरन्तर जोड दिनुहुन्छ । उहाँको भनाइमा, “औषधिले मात्र होइन, सचेत जीवनशैलीले नै स्वास्थ्य सुरक्षित हुन्छ ।”

ग्रामीण र कमजोर समुदायका बिरामीप्रति प्रेमभाव

पोखरा आसपासका ग्रामीण क्षेत्र तथा आर्थिकरुपमा कमजोर वर्गका बिरामीहरूका लागि पनि डा. ताम्राकार आशाको केन्द्र बन्नुभएको छ । सीमित स्रोतसाधन भएका बिरामीलाई पनि सम्भव उपचार र उचित परामर्श उपलब्ध गराउने उहाँको प्रयासले स्वास्थ्य सेवामा समावेशिता र समानताको सन्देश दिएको छ । “स्वास्थ्य सेवा भनेको सुविधा नभई सबै नागरिकको आधारभूत अधिकार हो” भन्ने विचारबाट प्रभावित हुनुहुन्छ डा. ताम्राकार ।

पोखरामा डा. वसन्त ताम्राकारले जनरल मेडिसिन, एचआईभी तथा एड्स, कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याउनुभएको योगदान बहुआयामिक र प्रेरणादायी छ । उपचार, परामर्श, संकटकालीन सेवा र स्वास्थ्य सचेतनालाई एकैसाथ अघि बढाउँदै उहाँले स्वास्थ्य सेवामा मानवीय र वैज्ञानिक दृष्टिकोण स्थापित गर्नुभएको छ । यस अर्थमा डा. वसन्त ताम्राकार पोखराको स्वास्थ्य क्षेत्रमा केवल एक चिकित्सक मात्र नभई विश्वास, सेवा र समर्पणको प्रतीकका रुपमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।

आफ्नो चिकित्सकीय पेशालाई संस्थागत र विधागतरुपमा विकास गर्दै डा. ताम्राकार नयाँ पुस्तालाई आफूले सिकेका र गर्न बाँकी रहेका स्वास्थ्य क्षेत्रका कार्ययोजनाहरू पुस्तान्तरण अभियानमा लाग्नुभएको छ । नाम वसन्त जस्तै पेशागत कार्यमा पनि सबैको मनमुटुमा बस्न सफल वरिष्ठ चिकित्सक डा. वसन्त ताम्राकारको पेशागत यात्रा थप सक्रिय र प्रभावकारी बन्दै जानेमा हाम्रो आशा र विश्वास छ ।

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.