काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ। आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो।
स्वास्थ्य क्षेत्रको नर्सिङ पेशामा आवद्ध मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्दा देख्नुभएका सम्भावना, यस क्षेत्रका कमजोरी, पहुँचको असमानता साथै असल व्यवस्थापन लगायतका चुनौतीलाई राम्रोसँग बुझ्नुभएकोले उहाँबाट स्वास्थ्य क्षेत्र सुधारमा धेरै आशा गरिएको छ।
इनरुवाकी मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङ विधामा स्नातकोत्तर गर्नुभएको हो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फको सांसद हुनुहुन्छ।
