• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

जनचेतना वृद्धि भएसँगै रसुवामा स्वास्थ्य सेवा सुधार हुँदै

  •  आइतबार, चैत १५, २०८२ मा प्रकाशित

रसुवा । मातृ तथा शिशु मृत्युदर, सङ्क्रामक रोगको जोखिम घटाउने, खोपको पहुँच विस्तार, स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनलगायत कारणले रसुवाको स्वस्थ्य सेवामा सुधार हुँदै गएको छ ।

खोपमा पहुँचको कमी तथा स्वास्थ्यसम्बन्धी चेतनाको कमी मुख्य चुनौतीका रूपमा देखिएकामा जनचेतना अभिवृद्धि, छलफल तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै जिल्लाको स्वस्थ्य सेवामा सुधार हुँदै गएको हो । जिल्लामा स्वास्थ्यसेवा विस्तार र सुधारका प्रयाससँगै खोपको महत्त्व, स्वस्थ जीवनशैली, मातृ तथा शिशु स्याहारसम्बन्धी चेतनामूलक कार्यक्रम, प्रजनन स्वास्थ्यबारे जानकारीलगायत कार्यक्रम निरन्तर सञ्चालन भएसँगै जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आज यहाँ आयोजित ‘चालु आर्थिक वर्षमा गरेका स्वास्थ्य सेवाको समीक्षा’सम्बन्धी कार्यक्रममा कार्यालयले साउनदेखि पुस मसान्तसम्म सञ्चालित कार्यक्रम, उपलब्धि र चुनौतीका विषयमा सरोकार भएका निकाय, पत्रकारलगायतसँग छलफल भएको कार्यालयले जनाएको छ ।

हिमाली भूगोल, दुर्गम बस्ती सडक तथा यातायातको सीमित पहुँचका कारण पहिला यहाँका नागरिकलाई सामान्य उपचार सेवा लिन पनि लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यताका कारण उपचारबाट वञ्चित हुने गरेका जनस्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यजले बताउनुभयो । उहाँका अनुसार मातृ तथा शिशु मृत्युदर रोक्न जनचेतना विस्तार तथा मातृ तथा शिशु स्वास्थ्यका बारेमा आवश्यक जानकारी, सङ्क्रामक रोगको जोखिमबारे सचेतना अभिवृद्धि, खोपमा पहुँच विस्तार तथा स्वस्थ जीवनशैलीबारे जानकारीलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै पछिल्ला वर्षमा स्वस्थ्य सेवामा सुधार हुँदै गएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य, स्वास्थ्य पूर्वाधार विस्तार तथा समुदायमा आधारित कार्यक्रमले स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख आचार्यका अनुसार चालु आवमा जिल्लाभर क्षयरोग नियन्त्रण, किटजन्य रोग नियन्त्रण, बालस्वास्थ्यअन्तर्गत खोप तथा पोषण कार्यक्रम सञ्चालन गरिएको छ ।

मातृ तथा नवजात शिशुसेवा, किशोरकिशोरी स्वास्थ्य, एचआईभी एड्स तथा यौनरोग नियन्त्रण, नर्सिङ तथा सामाजिक सुरक्षा, औषधि तथा उपकरण व्यवस्थापन, आकस्मिक महामारी नियन्त्रणलगायत कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका जनस्वास्थ्य प्रमुख आचार्यले जानकारी दिनुभयो । हाल जिल्लामा एउटा प्रदेशिक अस्पताल, दुई वटा आधारभूत अस्पताल, चार वटा आयुर्वेद स्वास्थ्यसंस्था, १६ वटा स्वास्थ्यचौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाई, तीन वटा आधारभूत स्वास्थ्यसेवा केन्द्र, १८ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँगाउँमा सेवा विस्तार गर्न २४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालित छन् भने सुरक्षित गर्भपतन गराउने तीन वटा क्षेत्रिय केन्द्र सञ्चालनमा राखिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा २३१ बालबालिकालाई पूर्णखोप लगाइएको जनस्वास्थ्य प्रमुख आचार्यले जानकारी दिनुभयो । जिल्लामा खोप लगाउने बालबालिकाको कूल सङ्ख्या ७१६ पुगेको जनाउँदै उहाँले बालस्वास्थ्य क्षेत्रमा पनि सकारात्मक उपलब्धि प्राप्त भइरहेको धारणा राख्नुभयो । चीनसँग जोडिएको रसुवागढी अन्तरराष्ट्रिय नाकाबाट आवतजावत गर्ने नागरिकमार्फत सर्नसक्ने सङ्क्रमक रोगको जोखिमलाई ध्यानमा राख्दै नाकामा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । सो क्षेत्रमा राखिएका हेल्थ डेक्सले सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जनस्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै रसुवाका २० वटा माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकामार्फत धामीझाँक्रीप्रतिको निर्भरता घटाउँदै वैज्ञानिक उपचारप्रति नागरिकलाई आकर्षित गर्ने अभियान निरन्तर सञ्चालन गरिएको जनाउँदै जनस्वास्थ्य प्रमुख आचार्यले यसले स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाएको धारणा राख्नुभयो । “रसुवामा रहेका ‘ख’ वर्गका १० वटा एम्बुलेन्समध्ये केही बिग्रिएका छन्”, उहाँले भन्नुभयो । ग्रामीण सडकको अवस्थाका कारण एम्बुलेन्स सेवा सञ्चालनमा चुनौती देखिएको सरोकार भएकाहरूको भनाइ छ ।

नियमित र प्रभावकारी उपरोक्त कार्यक्रम सञ्चालनका लागि फागुन मसान्तसम्म रु ७३ लाख ७१ हजार ७०३ खर्च भएको जनस्वास्थ्य अधिकृत श्रृजा रिजालले जानकारी दिनुभयो । कार्यक्रमले रसुवाको समग्र स्वास्थ्य अवस्था क्रमशः सुदृढ हुँदै गएको निष्कर्ष निकालेको छ । नियमित स्वास्थ्य परीक्षण गर्ने, पानी उमालेर पिउने, सन्तुलित आहार खाने, बासी खाना नखाने, रोगका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाने, सुर्ती, मदिरा तथा लागुपदार्थ सेवन नगर्न जनस्वास्थ्य अधिकृत आचार्यले सबैलाई आग्रह गर्नुभयो । योग, ध्यान र व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन आचार्यले सुझाव दिनुभयो ।

रसुवाको स्वास्थ्य सेवामा सुधारको यात्रासँगै अब आधारभूत उपचारबाट गुणस्तरीय स्वास्थ्य सेवातर्फ अघि बढिरहेको नागरिक समाजले जनाएका छन्।रासस

आइतबार, चैत १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.