• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

  •  शनिबार, चैत २१, २०८२ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो ।

सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता कार्य गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका तयार गरिएको छ । “घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ”, जनस्वास्थ्य निरीक्षक सार्कीले भन्नुभयो, “पोषण सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ ।” घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू खुसी भएका छन् ।

वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताउनुभयो । “उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिए, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु”, उहाँले भन्नुभयो, “हामी शारीरिक रूपमा कमजोर, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ । हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ । घरमै सेवा पाउँदा सहज हुन्छ ।” अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी हुनुहुन्छ । उहाँले नियमित क्षयरोगको औषधि खाइरहनुभएको छ ।

घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको पुनसरामले बताउनुभयो । स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताउनुभयो । “दीर्घरोगीलाई नियमित जाँच, औषधि र परामर्श चाहिन्छ”, उहाँले भन्नुभयो, “घरमै गएर सेवा दिँदा उनीहरूको स्याहारमा पारिवारिक सहयोग वृद्धि हुन्छ । हामीले सरसफाइ र हेरचाह गर्ने तरिकाबारे पनि परामर्श दिने गरेका छौँ ।” घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ।रासस

शनिबार, चैत २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.