• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

  •  आइतबार, चैत २२, २०८२ मा प्रकाशित

खार्तूम । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल कोषले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार सुडानमा सन् २०२३ देखि सुरु भएको द्वन्द्वपछि स्वास्थ्य सेवा केन्द्रहरूमा भएका २१४ आक्रमणमा कम्तीमा दुई हजार ४२ जनाको मृत्यु भएको छ भने ७८५ जना घाइते भएका छन् ।

यस वर्षको पहिलो त्रैमासिकमा मात्रै १८४ जनाको मृत्यु र २९५ जना घाइते भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका यी निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा यस्ता आक्रमणको सङ्ख्या र तीव्रता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सुडानका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि शिब्ली साहबानीले भन्नुभयो, “यस्ता आक्रमणहरूले स्वास्थ्य सेवामा पहुँचलाई अझ सीमित बनाइरहेका छन्, जबकि अहिले यसको आवश्यकता अत्यधिक छ ।”

उहाँले बिरामी र स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग पनि गर्नुभयो । संयुक्त राष्ट्र बाल कोषका प्रतिनिधि शेल्डन येटले अस्पतालहरूमा हुने आक्रमणलाई ‘बालबालिकाको अधिकारमाथिको गम्भीर उल्लङ्घन’ भन्दै यस्ता घटनाले बालबालिकालाई अत्यावश्यक सेवा र सुरक्षाबाट वञ्चित गरिरहेको बताउनुभएको छ । एजेन्सीहरूले स्वास्थ्य संस्था, कर्मचारी र बिरामीमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यसले पहिले नै गम्भीर मानवीय सङ्कटलाई अझ जटिल बनाएको बताएका छन् ।

उहाँहरूले सबै पक्षलाई स्वास्थ्य सेवाको सम्मान र संरक्षण गर्न, सर्वसाधारण र सहयोगी कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक सेवामा निरन्तर पहुँच उपलब्ध गराउन आग्रह गरेका छन् । सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीच जारी सङ्घर्षका कारण दशौं हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्, अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् ।रासस

आइतबार, चैत २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.