काठमाडौँ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कार्यक्रम हुने भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत २८ गते शनिबार स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कार्यक्रम आयोजना गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनुभयो ।
नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
