• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कार्यक्रम सम्पन्न

  •  शनिबार, चैत २८, २०८२ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कार्यक्रम सम्पन्न भएको ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गर्नु भएको हो ।

पूर्वस्वास्थ्यमन्त्री शर्माले आफूभन्दा वरिष्ठ, समकक्षी र कनिष्ठ स्वास्थ्यकर्मीहरूलाई हेल्थ अवार्डसहित सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको महसुस गरेको बताउनुभयो । “स्वास्थ्यमन्त्री भएका बेला सात वटै प्रदेशमा पुगेर स्वास्थ्यकर्मी र कर्मचारीहरूको समस्या बुझेँ” उहाँले भन्नुभयो, “धेरै समस्याहरू छन् । कतिपय कर्मचारीहरूको स्तर वृद्धि हुन सकेको छैन । कतिपय नर्स, चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले विशेषज्ञ सेवाहरू दिइरहेका छन् तर पदको अभावमा पुरानै पदमा रहेर काम गरिरहनु भएको छ ।” यी सबै समस्याहरूको समाधानका लागि ऐन संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य प्रभा ढकालले स्वास्थ्यकर्मीहरूले आफ्‌नो परिवारलाई समय दिन नभ्याएरै पनि बिरामीको सेवामा समय दिइरहनु भएको बताउनुभयो । “स्वास्थ्यकर्मीहरू निस्वार्थ भावले बिरामीको सेवामा खटिइरहनु भएको छ” उहाँले भन्नुभयो, “म आफू पनि स्वास्थ्यकर्मी भएको नाताले स्वास्थ्य क्षेत्रका समस्याबारे म जानकार छु । यी समस्या समाधानका लागि ऐन संशोधन गर्नुपर्नेछ, स्वास्थ्यकर्मीहरू पनि सुध्रिनु पर्नेछ ।”

नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीका समस्याबारे बोलिदिने कोही नभएको गुनासो गर्नुभयो । “सेवाका नाममा स्वास्थ्यकर्मीहरूलाई कतिञ्जेल पेल्ने ?” उहाँले भन्नुभयो, “यो मुलुकमा राष्ट्रपति, मन्त्री र सचिव नै चिकित्सकहरू भइसक्नु भएको छ तर स्वास्थ्यकर्मीका समस्याहरू प्रभावकारीरुपमा सम्बोधन हुन सकेको छैन ।”

स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रमको सञ्चालन उपप्राध्यापक शोभाखर अधिकारीले गर्नुभएको थियो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले स्वास्थ्यकर्मीहरूको सम्मानमा हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोको भए सम्मानित ?

सम्मानित हुनेमा कोशी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.नवीन कुमार कर्ण, मधेश प्रदेशबाट वरिष्ठ मेडिकल जनरलिष्ट डा.सुभाषकुमार चौधरी, बागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.यादव भट्ट, वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.दीपक श्रेष्ठ, वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.जया श्रेष्ठ र वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. दिनेश्वरी श्रेष्ठ, गण्डकी प्रदेशबाट वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा.एलिया श्रेष्ठ, लुम्बिनी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.नन्दुप्रसाद पाठक, कर्णाली प्रदेशबाट वरिष्ठ मेडिकल जनरलिष्ट डा.उमाकान्त तिवारी र सुदुरपश्चिम प्रदेशबाट वरिष्ठ जनरल सर्जन डा.मेराज आलम अन्सारी रहेका छन् ।

यसैगरी, स्वास्थ्य मन्त्रालयतर्फ वरिष्ठ चिकित्सक डा.चुमनलाल दास, स्वास्थ्यकर्मीतर्फ विक्रम अधिकारी (चितवन), विनोद अर्याल (गोरखा), सुशीला डंगोल (ललितपुर), भिष्मकुमार श्रेष्ठ (चितवन) र टिजिग फर्मा प्रा.लि., काठमाडौँका कार्यकारी निर्देशक शैलेश वैद्य पनि हेल्थ अवार्डबाट सम्मानित भएका छन् ।

संस्थागततर्फ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, कान्तिपुर डेण्टल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौं, रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखालाई हेल्थ अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपाल पनि हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।

शनिबार, चैत २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.