• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बढ्दो स्वास्थ्य समस्या मोटोपनसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

  •  आइतबार, चैत २९, २०८२ मा प्रकाशित

काठमाडौं । बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको मोटोपनसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा मोटोपनका कारण उत्पन्न स्वास्थ्य समस्या, उपचारका विधि, औषधि प्रयोग तथा जीवनशैली व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको छ।

साउथ एशियन ओबिसिटी फोरमको आयोजनामा सुरु भएको सम्मेलनमा विभिन्न देशका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको छ। सम्मेलनमा दक्षिण एशियाका विभिन्न मुलुकसहित अन्य देशबाट आएका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ र करिब ४०० जना सहभागी रहेका छन्।

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फोरमकी अध्यक्ष तथा इन्डोक्राइनोलोजिस्ट डा.डिना श्रेष्ठले दक्षिण एशियाली क्षेत्रमा मोटोपन तीव्र रूपमा बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको बताउनुभयो। उहाँले यस समस्यालाई नियन्त्रण गर्न साझा रणनीति आवश्यक भएकाले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो।

सम्मेलनमा सहभागी भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका विज्ञहरूले मोटोपन नियन्त्रणका लागि क्षेत्रीय स्तरमै समन्वय गरेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँहरूले मोटोपनका कारण मधुमेह, मुटुरोग, मिर्गौला समस्या तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्दै गएको उल्लेख गर्दै यसलाई बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो।

उहाँहरूले मोटोपनलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिने बताउनुभयो। एक प्रकार बाहिरबाटै देखिने मोटोपन हो भने अर्को शरीर बाहिर सामान्य देखिए पनि भित्री अंगमा हुने मोटोपन रहेको उहाँहरूको भनाइ छ। विशेष गरी भित्री मोटोपन अझ जोखिमपूर्ण हुने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उहाँहरूले बताउनुभयो।

कार्यक्रममा आयोजक संस्थाका तर्फबाट वरिष्ठ इन्डोक्राइनोलोजिस्ट तथा लाइफस्टाइल कोच समेत रहनुभएका डा. सन्तोष शाक्यले मोटोपन नियन्त्रण व्यक्तिगत प्रयासबाटै सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले आहार, विहार र विचारमा सुधार ल्याउनु नै मोटोपन नियन्त्रणको पहिलो आधार भएको उल्लेख गर्नुभयो।

आइतबार, चैत २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.