• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी विशिष्ट चिकित्सकबिच अनुभव आदानप्रदान

  •  आइतबार, चैत २९, २०८२ मा प्रकाशित

बुटवल । मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी शल्यचिकित्साबारे हाल प्रयोग भइरहेको प्रविधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यका साथ यसका विशिष्ट चिकित्सकबिच एक दिवसीय वैज्ञानिक अनुभव आदानप्रदान (कन्टिनियस मेडिकल एजुकेसन-सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।

कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभाग, मनमोहन कार्डियोथोरेसक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, आइओएम, त्रि.वि.को आयोजना, सर्जन समाज नेपाल–लुम्बिनी शाखा तथा लुम्बिनी इन्टरनेसनल मेडिसिन सोसाइटीको स्थानीय समन्वय, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सेभ द हार्टको विशेष व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता सेभ द हार्टका अध्यक्ष, त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले गरेका थिए । डा. भट्टराईका अनुसार कार्यक्रममा नेपालमा मुटु, रक्तनली र फोक्सोको शल्यचिकित्साका उपलब्धि, नयाँ प्रविधिको उपयोगबारे जानकारी, वर्तमान अवस्था र भावी दिनका कार्ययोजना विषयमा छलफल भयो ।

कार्यक्रममा वक्ताका रूपमा प्रा.डा. अनिल भट्टराई, सहप्रा. डा. कजन राज श्रेष्ठ (रक्तनली चिकित्सक) उपप्रा.डा.आकृति शर्मा (फोक्सोको शल्यचिकित्सक) ले आआफ्नो प्रस्तुति दिएका थिए । प्रा.डा. भट्टराईले पहिलो पटक लुम्बिनी प्रदेशमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रका चिकित्सक तथा चिकित्सकबाट प्रत्यक्ष-परोक्ष सेवा प्राप्त गर्ने सेवाग्राहीका लागि विशेष लाभ पुगेको बताए । उनले समग्र कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी वहन गर्नुहुने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सेभ द हार्टका महासचिव शेरबहादुर रानालाई विशेष धन्यवाद व्यक्त गरे ।

डा. वास्तविकता श्रीवास्तव र डा. सुभिका धितालले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा बुटवल तथा भैरहवा क्षेत्रका ६० जना चिकित्सक तथा विज्ञहरूको सहभागिता रहेको थियो । वरिष्ठ कार्डियोलोजिस्ट डा. समीर गौतम, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सन्तोष शाह, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका क्रमशः अध्यक्ष डा. विष्णु पौडेल, सचिव डा. सुभास तथा दि सोसाइटी अफ सर्जन अफ नेपाल, लुम्बिनी शाखाका सचिव डा. प्रवीण जोशीलगायतको सहभागिता थियो ।

वैज्ञानिक सत्रमा हृदयसम्बन्धी विभिन्न विषयका विज्ञहरूले आफ्नो अनुभव, अनुसन्धान तथा धारणा प्रस्तुत गरेका थिए । डा. विष्णु पौडेल र डा. समीर गौतम तथा डा. सन्तोष शाहले विशेष प्रस्तुति दिएका थिए ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले हाम्रो संवेदनशील मुटु, रक्तनली तथा फोक्सो सम्बन्धी शल्यचिकित्साका बारेमा भएगरेका पछिल्ला उपलब्धि, प्रविधि र प्रयोगबारे यस किसिमको कार्यक्रम आयोजना भई सो क्षेत्रका चिकित्सकका बिचमा गहन अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनु सम्बन्धित सबैका लागि फलदायी भएको बताए ।

आइतबार, चैत २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.