• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दम रोगको उपचार र सही सावधानी

  •  सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

दम फोक्सोको एक दीर्घकालीन रोग हो, जसमा श्वासनली क्रमशः साँघुरिँदै जान्छ र फोक्सोको काम गर्ने क्षमता घट्दै जान्छ । यो रोग विश्वभर हुने मृत्युको कारणमध्ये तेस्रो स्थानमा पर्छ । नेपालमा गरिएको अनुसन्धानअनुसार प्रति १० जना व्यक्तिमध्ये करिब १ जनामा दम रोग रहेको देखिएको छ । कुल जनसंख्याको करिब ११.७ प्रतिशत मानिस दम रोगबाट प्रभावित छन् । दम भएका व्यक्तिमा प्रायः लामो समयदेखि खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने तथा सास फेर्दा घ्यार्रघ्यार्र आवाज आउने जस्ता लक्षण देखिन्छन् ।

दम रोगका मुख्य कारणहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन, दाउरा वा कोइलाको धुवाँमा लामो समय बस्नु, धुलो, धुवाँ तथा वायु प्रदूषण प्रमुख मानिन्छन् । दम पूर्णरुपमा निको नहुने भए पनि नियमित औषधि सेवन, इन्हेलरको प्रयोग तथा धूम्रपान त्याग्दा यसलाई राम्रोसँग नियन्त्रणमा राख्न सकिन्छ । समयमै उपचार गरेमा रोग बढ्ने गति कम गर्न सकिन्छ र यो रोगको कारण मानव स्वास्थ्यमा हुनसक्ने असरबाट बच्न सकिन्छ ।

चिसो मौसममा दम किन बढ्छ ?

दम भएका बिरामीले चिसो मौसममा विशेष सावधानी अपनाउनुपर्छ, किनकि चिसोले श्वासनली झन् साँघुरो बनाइदिन्छ र संक्रमणको जोखिम बढाउँछ । चिसोपनाले हुने एलर्जी, न्यानो हुन आगो ताप्दा आउने धुवाँ, चुरोट तथा हुक्काको अत्यधिक प्रयोगले श्वास–प्रश्वाससम्बन्धी समस्या अझ बल्झिन सक्छ । दम दीर्घकालीन रोग भए पनि चिसो मौसममा सही सावधानी अपनाए बिग्रिनबाट जोगाउन सकिन्छ ।

दम भएका बिरामीले चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरू

१. शरीर न्यानो राख्ने :

– न्यानो लुगा लगाउने ९ज्याकेट, टोपी, मफलर आदि०

– घरभित्र न्यानो वातावरण बनाउने र चिसो हावाबाट जोगिने

२. प्रदूषण र धुवाँबाट टाढा रहने :

– चुरोटको धुवाँ, धुलो तथा चुलोको धुवाँबाट टाढा रहने

– बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने

३. औषधि नियमित प्रयोग गर्ने :

– डाक्टरको सल्लाहअनुसार इन्हेलर तथा अन्य औषधि नियमित प्रयोग गर्ने

– औषधि खाँदा बानी पर्छ भन्ने गलत धारणा त्याग्ने

४. तातो खानेकुरा सेवन गर्ने :

– तातो पानी, झोल, सुप तथा तातो दूध पिउने

– धेरै चिसो पानी, आइसक्रिम जस्ता चिसा खानेकुरा कम गर्ने

५. संक्रमणबाट जोगिने :

– रुघाखोकी भएका व्यक्तिबाट टाढा रहने

– हात सफा राख्ने र मास्क प्रयोग गर्ने

– डाक्टरको सल्लाहअनुसार फ्‌लु भ्याक्सिन लगाउने

६. सास फेर्ने अभ्यास :

– डाक्टरको सल्लाहअनुसार हलुका प्राणायाम वा श्वासप्रश्वास अभ्यास गर्ने

– अत्यधिक चिसोमा भारी व्यायाम नगर्ने

कस्तो अवस्थामा तुरुन्त अस्पताल जाने ?

– सास फेर्न अचानक धेरै गाह्रो भएमा

– खकारको रङ अचानक परिवर्तन भएमा

– ज्वरो आएमा

– छाती दुखेमा

– ओठ, हात वा नङ निलो देखिएमा

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.