चितवन । भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा.लि.ले १७औँ वार्षिकोत्सवका अवसरमा आज रक्तदान तथा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गर्नुभएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका सामाजिक एकाइ प्रमुख केदार सुवेदीका अनुसार प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा र ब्लड डोनर्स सोसाइटी चितवनको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा श्याउली बजार टोल विकास संस्थाका अध्यक्ष बद्री पौडेल, ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रक्तदान गर्दा हुने फाइदाबारे सहजीकरण गर्नुभएको थियो।
