• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

यस्ता छन् मिर्गौला स्वस्थ राख्ने उपायहरू

  •  बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

मिर्गौला मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छ । जसले रगत सफा गर्ने, फोहोर पदार्थ पिसाबमार्फत बाहिर निकाल्ने, शरीरमा पानी र नुनको सन्तुलन मिलाउने तथा रक्तचाप नियन्त्रणमा सहयोग गर्ने काम गर्छ । मिर्गौला कमजोर हुँदा शरीरमा विषाक्त पदार्थ जम्मा भई गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ ।

मिर्गौला स्वस्थ राख्न किन आवश्यक ?

मिर्गौला बिग्रँदै जाँदा सुरुआती अवस्थामा लक्षण देखिँदैन । जब समस्या जटिल बन्छ, तब डायलाइसिस वा प्रत्यारोपणजस्ता महँगो उपचार आवश्यक पर्न सक्छ । त्यसैले मिर्गौला स्वस्थ राख्नु हरेक व्यक्तिको दायित्व हो ।

मिर्गौला स्वस्थ राख्ने प्रमुख उपायहरू

१) पर्याप्त पानी पिउने : दैनिक २ देखि ३ लिटर सफा पानी पिउनु मिर्गौलाका लागि अत्यन्त उपयोगी हुन्छ । पानीले शरीरका विषाक्त पदार्थ पिसाबमार्फत बाहिर निकाल्न मद्दत गर्छ । तर मुटु वा मिर्गौला रोगीले चिकित्सकको सल्लाहअनुसार पानी सेवन गर्नुपर्छ ।

२) नुन कम खाने : धेरै नुन सेवन गर्दा रक्तचाप बढ्छ, जसले मिर्गौमा अतिरिक्त दबाब पर्छ । दैनिक खानामा सीमित मात्रामा नुन प्रयोग गर्नुपर्छ । जंक फुड, चाउचाउ, चिप्स, प्याकेटका खाना सकेसम्म टार्नु पर्छ ।

३) सन्तुलित आहार अपनाउने : फलफूल, हरियो सागसब्जी, दाल, माछा, अन्न समावेश भएको सन्तुलित आहारले मिर्गौला स्वस्थ राख्छ । अत्यधिक प्रोटिनयुक्त खाना निरन्तर धेरै खाँदा मिर्गौलामा असर पर्न सक्छ ।

४) रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने : उच्च रक्तचाप र मधुमेह मिर्गौला रोगका प्रमुख कारण हुन । नियमित जाँच गरी रक्तचाप र रगतको चिनी नियन्त्रणमा राख्नु मिर्गौला स्वास्थ्यका लागि अनिवार्य छ ।

५) धूम्रपान र मदिरा त्याग्ने : धूम्रपानले रक्तनली संकुचित गराउँछ र मिर्गौमा पुग्ने रगतको प्रवाह कम गर्छ । अत्यधिक मदिरा सेवनले पनि मिर्गौला क्षति पुर्‍याउँछ । स्वस्थ मिर्गौलाका लागि यी बानी त्याग्नु उत्तम हुन्छ ।

६) नियमित व्यायाम गर्ने : दैनिक कम्तीमा ३० मिनेट हिँडडुल, योग, हल्का व्यायाम गर्दा तौल नियन्त्रणमा रहन्छ र मिर्गौमा पर्ने दबाब कम हुन्छ ।

७) दुखाइ कम गर्ने औषधि जथाभावी नखाने : पेनकिलर, एन्टिबायोटिकजस्ता औषधि चिकित्सकको सल्लाह बिना लामो समय प्रयोग गर्दा मिर्गौला बिग्रन सक्छ । औषधि सधैँ चिकित्सकको परामर्शमा मात्र लिनुहोस् ।

८) पिसाब रोकेर नराख्ने : बारम्बार पिसाब रोक्दा मिर्गौलामा संक्रमण र ढुंगा बन्ने जोखिम बढ्छ । पिसाब लागेपछि सकेसम्म छिटो फेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

९) तौल नियन्त्रणमा राख्ने : मोटोपनाले मधुमेह र उच्च रक्तचापको जोखिम बढाउँछ, जसले अन्ततः मिर्गौलामा असर पुर्‍याउँछ । तौल सन्तुलनमा राख्नु मिर्गौला स्वास्थ्यका लागि आवश्यक छ ।

मिर्गौला रोगका सुरुवाती संकेत

– खुट्टा, अनुहार वा आँखामा सुन्निनु

– पिसाबको मात्रा कम वा धेरै हुनु

– पिसाबमा फिँज वा रगत देखिनु

– थकान, वाकवाकी, टाउको दुखाइ

– राति पटकपटक पिसाब लाग्नु

यी लक्षण देखिएमा ढिला नगरी चिकित्सकको सल्लाह लिनुपर्छ ।

नियमित स्वास्थ्य जाँच

मिर्गौला रोगको पहिचान सुरुवाती चरणमै गर्न सके उपचार सरल हुन्छ । वर्षमा कम्तीमा एकपटक रगत, पिसाब र रक्तचापको जाँच गराउनु बुद्धिमानी हुन्छ, विशेषगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिका लागि । मिर्गौला हाम्रो जीवनका लागि अपरिहार्य अंग हो । स्वस्थ जीवनशैली, सन्तुलित आहार, नियमित व्यायाम र सचेत व्यवहार अपनाएर मिर्गौला रोगबाट बच्न सकिन्छ । रोग लागेपछि उपचारभन्दा पनि रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो । आजैदेखि सानासाना बानी सुधारेर मिर्गौला स्वस्थ राख्नु नै दीर्घकालीन स्वास्थ्यको राम्रो हुनेछ ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.