• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

  •  बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित

धनुषा । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन् । शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १–५ मा ९.२ प्रतिशत, ६–८ मा ८.२ प्रतिशत र ९–१२ मा २२.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।

प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने दर पनि मधेशमा २६.३ प्रतिशत मात्र रहेको छ । स्वास्थ्य सेवाको पहुँचमा असमानता देखिएको छ । मधेस प्रदेशमा केवल ७०.४ प्रतिशत महिलाले सिफारिसअनुसार चार पटक पूर्वप्रसूति जाँच गराएका छन् भने स्वास्थ्य बिमा गर्नेको सङ्ख्या निकै न्यून छ महिला ६.६ प्रतिशत र पुरुष ३.९ प्रतिशत मात्र छ । प्रजनन् स्वास्थ्यतर्फ मधेसमा कुल प्रजनन् दर २.४ रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दाबढी हो ।

किशोरी (१५–१९ वर्ष) प्रजनन् दर पनि उच्च (प्रति १००० मा ७१) देखिएको छ । यद्यपि, केही सकारात्मक पक्ष पनि देखिएका छन् । मधेसमा ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच पुगेको छ भने ९४.७ प्रतिशतमा टेलिफोन सुविधा उपलब्ध छ । ७८.९ प्रतिशत घरपरिवारले इन्टरनेट प्रयोग गर्ने उपकरण प्रयोग गरिरहेका छन् । खानेपानीतर्फ सुधारिएको स्रोत प्रयोग गर्नेको प्रतिशत उच्च (९९प्रतिशत) भए पनि ६५ प्रतिशत पानीमा ‘इ–कोली’ जीवाणु भेटिनु चिन्ताजनक रहेको प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले नीतिनिर्माण, योजनातर्जुमा र दिगो विकास लक्ष्यको अनुगमनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । यो सर्वेक्षण युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको हो।रासस

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.