• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सघन उपचार कक्ष (आइसियू) मा नर्सको भूमिका

  •  बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

सघन उपचार कक्ष (आइसियू) अस्पतालको अत्यन्त संवेदनशील र महत्वपूर्ण भाग हो, जहाँ जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित सिकिस्त तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचार गरिन्छ । यहाँ प्रत्येक सेकेन्ड महत्वपूर्ण हुन्छ र सानो निर्णयले पनि बिरामीको जीवनमा ठूलो प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा नर्सहरूको भूमिका केवल सहायक नभई जीवनरक्षकका रूपमा अत्यन्त महत्वपूर्ण हुन्छ ।

आइसियूमा कार्यरत नर्सहरूले २४ घण्टा बिरामीको निरन्तर निगरानी गर्दै उनीहरूको जीवनरक्षा, उपचार, व्यवस्थापन र हेरचाह सुनिश्चित गर्छन् । रक्तचाप, मुटुको धड्कन, सासप्रश्वासको अवस्था, अक्सिजन स्याचुरेसन, शरीरको तापक्रम, मस्तिष्कको प्रतिक्रिया लगायतका सूचकहरूको निरन्तर अवलोकन गरिन्छ । यी सूचकहरूमा सानो परिवर्तन देखिए पनि त्यसले गम्भीर अवस्था निम्त्याउन सक्छ । त्यसैले नर्सहरू सधैं सतर्क, सजग र छिटो निर्णय लिन सक्षम हुनुपर्छ । कुनै असामान्य अवस्था देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराई आवश्यक उपचार प्रक्रिया अघि बढाउनु उनीहरूको मुख्य जिम्मेवारी हो ।

आइसियूमा प्रयोग हुने आधुनिक उपकरणहरू कार्डियाक मोनिटर, भेन्टिलेटर, इन्फ्युजन पम्प, सिरिन्ज पम्प, डिफिब्रिलेटर आदिको सही सञ्चालन, निगरानी र व्यवस्थापन नर्सहरूको दक्षतामा निर्भर हुन्छ । यी उपकरणहरूले बिरामीको जीवनरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले नर्सहरूले प्राविधिक ज्ञानमा दक्ष हुन नियमित तालिममार्फत सीपलाई अद्यावधिक गरिरहनुपर्छ । औषधि व्यवस्थापन आइसियू नर्सिङको अर्को महत्वपूर्ण पाटो हो । सही समयमा सही मात्रामा औषधि दिनु, औषधिको प्रभाव तथा सम्भावित साइड इफेक्टको निगरानी गर्नु र कुनै समस्या देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी गराउनु अत्यन्त आवश्यक हुन्छ ।

आइसियूमा बिरामीको शारीरिक उपचार मात्र पर्याप्त हुँदैन, बिरामीलाई मानसिक र भावनात्मक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । गम्भीर अवस्थाका बिरामीहरू डर, चिन्ता, तनाव र अनिश्चिततामा हुन्छन् । यस्तो अवस्थामा नर्सहरूले सहानुभूति, माया र सकारात्मक व्यवहारमार्फत बिरामीलाई आत्मबल प्रदान गर्नुपर्छ । कहिलेकाहीँ बिरामी बोल्न वा प्रतिक्रिया दिन नसक्ने अवस्थामा हुन्छन् तर नर्सको उपस्थितिले उनीहरूलाई सुरक्षा र आश्वासनको अनुभूति दिलाउँछ ।

बिरामीका आफन्तहरूसँग प्रभावकारी संवाद राख्नु पनि नर्सहरूको महत्वपूर्ण जिम्मेवारी हो । बिरामीको अवस्था, उपचार प्रक्रिया, प्रगति तथा सम्भावित जोखिमबारे स्पष्ट र सहज भाषामा जानकारी दिनु आवश्यक हुन्छ । यसले आफन्तहरूमा विश्वास कायम गर्छ र मानसिक सान्त्वना प्रदान गर्दछ । साथै, उपचारप्रति सकारात्मक धारणा विकास गर्न पनि मद्दत गर्छ ।

आइसियूमा संक्रमण नियन्त्रण अत्यन्त संवेदनशील विषय हो । नर्सहरूले हात धुने विधि, व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० को सही प्रयोग, उपकरणहरूको नियमित सफाइ र वातावरणीय सरसफाइ जस्ता मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्छ । संक्रमणको सानो जोखिमले पनि बिरामीको अवस्था झन् जटिल बनाउन सक्छ । त्यसैले यस क्षेत्रमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य हुँदैन ।

आइसियूमा नर्सिङ सेवा पूर्णरूपमा समूहगत कार्यमा आधारित हुन्छ । चिकित्सक, नर्स, ल्याब प्राविधिक, फिजियोथेरापिस्टलगायत अन्य स्वास्थ्यकर्मीबीच राम्रो समन्वय आवश्यक हुन्छ । सही समयमा सही निर्णय लिनका लागि प्रभावकारी सञ्चार र सहकार्य अपरिहार्य हुन्छ । समूहगत कार्यले उपचारलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउँछ ।

आइसियूमा काम गर्ने नर्सहरू मानसिकरूपमा पनि अत्यन्त बलियो हुनुपर्छ । गम्भीर अवस्थाका बिरामी, आकस्मिक घटना, कहिलेकाहीँ हुने दुःखद परिस्थिति जस्ता चुनौतीहरू सामना गर्नुपर्ने भएकाले उनीहरूमा धैर्य, संयम र पेशागत निष्ठा आवश्यक हुन्छ । लामो समयसम्म तनावपूर्ण वातावरणमा काम गर्दा पनि आफ्‌नो कर्तव्यप्रति समर्पित रहनु नर्सहरूको विशेषता हो ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.