• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पन्ध्र वर्षदेखि निरन्तर सेवामा ‘एलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टर’

  •  आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित

चितवनको भरतपुर हाइटमा २०६८ सालमा स्थापित एलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टर नेपालकै पहिलो क्रियाशील ट्रमा सेन्टरका रुपमा चिनिन्छ । सडक दुर्घटनामा समयमै उपचार नपाएर ज्यान गुमाइरहेका नागरिकहरूको पीडा देखेर केही युवा र ऊर्जाशील चिकित्सकहरूले सुरु गरेको यो अस्पताल आज हाडजोर्नी तथा नसा रोगसम्बन्धी समस्या भएका बिरामीहरूको उपचारको केन्द्र बनेको छ ।

दुर्घटनाका घाइतेहरूको उपचार छिटोभन्दा छिटो र प्रभावकारीरुपमा गर्न सकिन्छ भन्ने सोचेर ट्रमा अस्पताल खोलिएको एलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टरका संस्थापक एवं अध्यक्ष डा. प्रमोद लामिछाने बताउनुहुन्छ । ‘चौध वर्षअघि ट्रमा र हाडजोर्नीका सबैजसो बिरामी भरतपुरबाट काठमाडौँ रिफर गरिन्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले त्यस्ता बिरामीहरूको रिफरल रेट चितवनमा स्वाट्टै घटेको छ । धेरैजसो समस्यामा काठमाडौँ जान नपर्ने भएको छ ।’

नेपालमा अझै पनि स्वास्थ्य सेवा पहुँचको असमानता ठुलो चुनौतीका रुपमा रहेको छ । अधिकांश विशिष्टीकृत सेवा काठमाडौं उपत्यकामा सीमित हुँदा मोफसलका बिरामीहरूलाई समयमै उपचार पाउन कठिन छ । सङ्क्रामक रोगहरू मृत्युका प्रमुख कारण भए पनि सबै प्रकारका दुर्घटनालाई जोड्दा ट्रमा मृत्युको अग्रणी कारणमध्ये एक बनेको यथार्थलाई एलाईभ हस्पिटलले गम्भीरतापूर्वक आत्मसात गरेको छ ।

५० शैयाको यस अस्पतालले विशेषगरी ट्रमा उपचार र शारीरिक अपाङ्गता व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ । नेपालमा करिब ४० हजारभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् भने हजारौँ नागरिक बहुअपाङ्गतासहित जीवन बिताइरहेका छन् । प्रारम्भिक घण्टामा सही उपचार नपाउँदा सामान्य फ्याक्चरसमेत अङ्ग विच्छेदन वा मृत्युको कारण बन्ने अवस्थालाई यहाँको दक्ष टोलीले चुनौतीका रुपमा लिएको छ ।

भौगोलिक विविधता, गरिबी, अशिक्षा र दक्ष जनशक्तिको अभावका कारण धेरै नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । यस्ता यथार्थबीच चितवनको भरतपुरबाट पन्ध्र वर्षअघि सुरु भएको एलाईभ हस्पिटलको पहल केवल अस्पताल स्थापना मात्र होइन, दुर्घटनामा परेकाहरूको जीवन बचाउने सामाजिक प्रतिबद्धता पनि हो ।

एलाईभ हस्पिटलले बहुविषयक सेवामार्फत समयमै, गुणस्तरीय र सुलभ उपचार प्रदान गर्ने लक्ष्य राखेको छ । “सडकमा रगत बग्दै ज्यान नजाओस्‌” भन्ने मानवीय सोचबाट जन्मिएको यो संस्था आज विपन्न, असहाय र आवश्यकतामा परेका नागरिकहरूको भरोसा बनेको छ । स्वास्थ्य सेवा केवल सुविधा होइन, जीवनको आधार हो । भरतपुरबाट उठेको यो प्रयासले सही सोच, विशेषज्ञता र समर्पण भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ ।

१५ वर्षमा २५ हजार शल्यक्रिया

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हाडजोर्नीको जटिल समस्या भएका बिरामी उपचारका लागि एलाईभ हस्पिटल भरतपुरमा आउने गरेका छन् । “चितवन र यस आसपासका मकवानपुर, नवलपुर, धादिङ, गोरखा, तनहुँलगायत चौध जिल्लाबाट हाडजोर्नी तथा नसासम्बन्धी धेरै बिरामी उपचारका लागि हामीकहाँ आउनुहुन्छ” डा. लामिछानेले भन्नुभयो, “विगत पन्ध्र वर्षमा हामीले २५ हजार जति अर्थोपेडिक्स मेजर अप्रेसन गरिसकेका छौँ ।”

स्थापनाकालमा सामान्य स्तरबाट सुरु भएको एलाईभ हस्पिटलले अहिले विशिष्टिकृत सेवा दिन थालेको छ । यस अस्पतालबाट आकस्मिक (इमर्जेन्सी), बहिरङ्ग (ओपिडी), अन्तरङ्ग (आइपिडी), शल्यक्रिया (अप्रेसन), रेडियोलोजी, न्युरोसर्जरी र औषधालय (फार्मेसी) सेवा दिँदै आएको छ । चारतले अस्पतालमा ५० जना अट्ने सभाकक्ष, दुई वटा लिफ्‌ट र र्‍याम्प छन् । यतिबेला अस्पताल भवन बिस्तारको काम समेत चलिरहेको छ ।

डा. लामिछाने एलाईभ हस्पिटलका सुरुवाती दिनहरू सम्झिँदै भन्नुहुन्छ, “एक दिनमा ओपिडीमा आएका चार जना बिरामीलाई सेवा दिएर पनि बसियो । त्यति बेला ओपिडी शुल्क दुई सय रुपैयाँ थियो । अस्पतालमा स्टाफ ६५ जना थिए । त्यो अवस्थाबाट सुरुवात भएको एलाईभ हस्पिटलमा अहिले औसतमा प्रतिमहिना दुई सय (वार्षिक दुई हजार चार सय) वटा मेजर अप्रेसन हुन्छन् ।” उहाँका अनुसार, अस्पतालमा अहिले हाडजोर्नी विशेषज्ञ चिकित्सक चार जना, मेडिकल अफिसर चार जना, एनेस्थेसिया चिकित्सक चार जना, रेडियोलोजिष्ट चार जनालगायत स्वास्थ्यकर्मीले बिरामीहरूलाई सेवा दिँदै आएका छन् ।

सामाजिक उत्तरदायित्व वहन

एलाईभ हस्पिटलले कर्पोरेट र सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ भने गैरनाफामूलक गैरसरकारी संस्था न्यू लाइफ भरतपुरसँग साझेदारीमा शारीरिक अपाङ्गता भएका भएकाहरूको निःशुल्क उपचार गर्दै आइरहेको छ । हालसम्म त्यस्ता ५० जनाभन्दा बढी बिरामीको उपचार गरिएको एलाईभ हस्पिटलले जनाएको छ ।

एलाईभ हस्पिटलले अपाङ्गता भएका बालबालिकाहरूका लागि अस्पताल र पुनर्स्थापना केन्द्र (एचआरडिसी) सँग समन्वय गरी उपचार र शल्यक्रिया सेवा दिँदै आएको छ । एचआरडिसी वरिष्ठ अर्थोपेडिक प्रा.डा. अशोककुमार बाँस्कोटाले स्थापना गर्नुभएको संस्था हो, जसले ४० हजारभन्दा बढी बालबालिकाहरूलाई पुनर्स्थापना गरिसकेको छ ।

एलाईभ हस्पिटलले २०६९ सालमा स्माइल ट्रेनसँगको सहकार्यमा जापानी चिकित्सहरूको टोलीसँग मिलेर एलाईभ हस्पिटलमै २५ जना खुँडे बालबालिकाको शल्यक्रिया गरेको थियो । यसका साथै बेलाबेलामा विपन्न तथा असहाय बिरामीहरूलाई हाडजोर्नीसम्बन्धी उपचार सेवा निःशुल्क उपलब्ध गराउँदै आएको डा. प्रमोद लामिछानेले बताउनुभयो ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.