• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेडिकल कलेज निर्माणको एक दशकको सपना पूरा हुने आश

  •  मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

महोत्तरी । मधेसको बर्दिवासमा मेडिकल कलेज बन्ने करिब एक दशकको सपना साकार हुने आश जागेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सङ्घीय सरकारको बजेटमा सम्बोधन गरिएपछि सँगालिएको बर्दिवास मेडिकल कलेज निर्माणको सपना करिब एक दशकपछि आशलाग्दो गरी गति लिएपछि नगरक्षेत्रमा उत्साह बढेको हो ।

“प्रक्रियाले अन्तिम रूप लिएको छ”, बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले भन्नुभयो, “योसँगै यहाँ मेडिकल कलेज बन्ने सपना पूरा हुने भयो ।” कलेज निर्माणका लागि प्रस्तावित बर्दिवास–४ माईस्थान वनक्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गाको सट्टा भर्ना रकम वन विकास कोषमा जम्मा गर्न डिभिजन वन कार्यालय महोत्तरीले लागत अनुमान रकम यकीन गरेर वन तथा भू–संरक्षण विभागमा पत्राचार गरेसँगै प्रक्रिया निर्णायक तहमा पुगेको उहाँको भनाइ छ ।

आव २०७४÷७५ मा सङ्घीय सरकारले मुलुकका सबै प्रदेशमा एक÷एक मेडिकल कलेज निर्माणको अवधारणा ल्याएसँगै मधेसको बर्दिवास मेडिकल कलेजका लागि बजेटमा विनियोजन भएको थियो । लगत्तै २०७५ वैशाखमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिवास–१ मा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गरेसँगै संस्थागत प्रयत्नको थालनी भएको हो ।

यसअघि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जग्गा यकीन गर्न गठन गरेको कार्यदलले बर्दिवास–४ माइस्थानको अटावे खोल्सी पूर्व, भब्सी खोला पश्चिम, पूर्वपश्चिम महेन्द्र राजमार्ग उत्तर र माइस्थान–बर्दिवास सडकदेखि दक्षिणको ५४ दशमलव ५८४ हेक्टर वन क्षेत्रको जग्गा कलेज निर्माणका लागि उपयुक्त हुने प्रतिवेदन विसं २०७४ मा दिएको थियो । आयोजना कार्यालय सञ्चालन भएलगत्तै सो प्रस्तावित जग्गा कलेजलाई दिन नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि प्रक्रिया अल्झिएको थियो ।

सर्वोच्च अदालतले विसं २०८० जेठ २९ गते कलेज निर्माणका लागि प्रस्तावित स्थलका काटिने रुख एक हजार ९६७ को १० गुणा बढी अर्थात् १९ हजार ६७० नयाँ बिरुवा रोपेर ती सरेको प्रमाणित भएपछि आयोजनाको काम अघि बढ्नसक्ने आदेश गरेपछि थप प्रक्रियाले गति लिएको नगरप्रमुख क्षेत्रीले बताउनुभयो । “अदालतको आदेशलगत्तै २०८० सालको असारमा बर्दिवास–५ को टुटेश्वरस्थित माण्डवीगङ्गा (मडहा) र सोनामती (सोनी) नदी किनारमा २३ हजार बिरुवा रोपिएको वृक्षरोपण क्षेत्र विभागका उच्च अधिकृतको गत चैत अन्तिम साताको स्थलगत अनुगमनमा बिरुवा सरेको र चारैतिर काँडेतार घेराबेरा गरेर सुरक्षा गरेको पाइएपछि जग्गा सट्टाभर्नाको लागत अनुमान गरी पठाउन डिभिजन वन कार्यालय महोत्तरीलाई पत्राचार ग¥यो”, उहाँले भन्नुभयो ।

अहिले सो लागत अनुमान प्रतिवेदन विभागमा पुगेपछि थप प्रक्रिया अघि बढ्ने क्रममा रहेको आयोजना कार्यालयका निर्देशक निर्मल घिमिरेले बताउनुभयो । “वन विकास कोषमा जम्मा गरिनुपर्ने रकमको यकीन भएको छ । विभागले हामीलाई कोषमा रकम जम्मा गर्न भनेपछि प्रक्रियामा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “कोषमा रकम राख्ने प्रक्रियासँगै जग्गा प्राप्ति र रुख कटानको अनुमति सँगसँगै बढ्छ, प्रक्रिया अहिलेकै गतिमा काम भए यी काम चालु आवभित्र सम्पन्न हुनेछन् ।” आयोजनाले रु २६ करोड ४६ लाख नौ हजार ५२५ वन विकास कोषमा जम्मा गर्नुपर्ने लागत अनुमान प्रतिवेदनको ठहर भएको घिमिरेले जानकारी दिनुभयो ।

लागत अनुमान प्रतिवेदनमा वन क्षेत्र प्रयोगको स्वीकृतिवापत ५४ दशमलव ५८४ हेक्टर क्षेत्रको सट्टा भर्नास्वरूप रु १९ करोड १० लाख ४४ हजार निर्धारण गरिएको छ । यसैगरी सट्टा भर्ना गरिएको जग्गामा वृक्षरोपण गर्न छ करोड ४२ हजार ४०० र हटाइने रूख तथा पोलको सट्टामा वृक्षरोपण गर्न रु एक करोड ३५ लाख २३ हजार १२५ खर्च हुने अनुमान छ । यी तीनै शीर्षकको जम्मा रकम रु २६ करोड ४६ लाख नौ हजार ५२५ तोकिएको घिमिरेले स्पष्ट पार्नुभयो । आयोजना कार्यालय विसं २०७५ मा स्थापना गरिए पनि कलेज बन्न प्रस्तावित जग्गाको स्वीकृति डिभिजन वन कार्यालय महोत्तरी र मधेस प्रदेश सरकारले केही महिना पहिलेमात्र दिएका हुन् । कलेजको जग्गाप्राप्तिका निर्णायक प्रक्रिया चालु आव २०८२÷८३ मा हुनुले बर्दिवास नगरवासी अब भने काम अघि बढ्ने विश्वासमा छन् ।

“अब जग्गाप्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेछ, यसपालि भेरै कामले गति लियो”, बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव केदार गौतमले भन्नुभयो, “यो कलेज निर्माणले बर्दिवासलाई मधेसकै शैक्षिक केन्द्र बनाइने स्थानीय प्रतिबद्धतामा ठूलो सफलता मिल्ने छ ।” यसैगरी बर्दिवास–४ का वडाध्यक्ष अक्कलबहादुर तामाङले आफ्नो ठाउँमा कलेज निर्माणको प्रक्रियाले गति लिएसँगै स्थानीय बासिन्दामा अब विभिन्न क्षेत्रका पूर्वाधार विकास र सहर विस्तार हुने आश बढेको बताउनुभयो । बर्दिवास मेडिकल कलेजका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव (डिपिआर)मा उल्लेख छ । निर्माण हुने दुई भवनमा ६०० र ४०० श्यया हुनेछन् ।

दुवै भवनमा गरी एक हजार श्ययाको अस्पताल, यस अतिरिक्त मेडिकल कलेज भवन, प्रशासनिक कक्ष, प्राध्यापक तथा कर्मचारी आवास, छात्राबास र कुरुवा घरलगायत भौतिक संरचना निर्माण गरिने प्रस्तावमा उल्लेख छन् । यो विस्तृत परियोजना प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरिसकेको निर्देशक घिमिरेले जानकारी दिनुभयो । कलेज निर्माणका लागि प्रक्रियाले गति लिएपछि बर्दिवासका बासिन्दा उत्साही बनेका छन् । कलेज निर्माणले आफ्नो ठाउँ मधेस प्रदेशकै चिकित्सा शिक्षाको केन्द्र बन्ने बताउँछन् । बर्दिवास चिकित्सा क्षेत्रमा मधेसको मुख्य अध्ययन केन्द्र बन्ने यहाँका बासिन्दाले आस सँगालेका छन्।रासस

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.