• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

  •  मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो ।

प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएको छ भने दुई चिकित्सकसहित पाँच स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् । यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले भन्नुभयो,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ”

अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा कँडेलले बताउनुभयो । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ ।

१३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ । औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ । मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ ।

‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हँदैन’ भन्ने चेतनाका अभाव यहाँ पनि रहेको बताइएको छ । प्रसूति शल्यक्रिया सेवा सञ्चालन अस्पतालमा उपलब्ध बर्थिङ सेन्टर, प्रसूति शल्यक्रिया सेवा र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन जोड दिएसँगै प्रसूति शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० देखि चालु आव २०८२/८३ को चैत महिनासम्म १०४ महिलाहरुले प्रसूति सेवा प्राप्त लिए छन् । ती समध्ये १५ महिलाहरुले शल्यक्रियामार्फत प्रसूति गराएका थिए । पछिल्लो चार आबमा अस्पतालबाट प्रसूति सेवा लिन आएकामध्ये ८९ जनाले सामान्य प्रसूति सेवामार्फत नवजात शिशु जन्माएका हुन् ।

अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति सेवा उपलब्ध हुन थालेपछि जिल्लामा न्युन आय भएका गरिब तथा विपन्नस्तरको महिलालाई राहत पु¥याएको छ । पछिल्लो केही वर्षयता अस्पतालमा शल्यक्रिया उपकरण तथा एमडिजिपी चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालको शल्यक्रियाबाट प्रसूति गराउने सेवा प्रभावकारी बनेको हो । प्रसूति हुन नसकेका गम्भीर अवस्थाका महिला र अन्यलाई आपत्कालीन सेवा २४ सैँ घण्टा अस्पतालले प्रवाह गरेको छ । यसअघि प्रसूति सेवा लिने आएका बिरामीलाई सामान्य प्रसूति मात्र गराउने सेवा रहेको हुँदा ठूलो आर्थिक भार खेप्दै सुगमका अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था रहेको थियो ।

पछिल्लो समय अस्पतालले क्रिटिकल अवस्थामा पुगेका महिलाहरुको सफलतापूर्वक शल्यक्रियाद्वारा प्रसूति गराइएको अस्पतालको भनाइ छ । चालु आवको नौ महिनामा प्रादेशिक अस्पतालबाट ओपिडी सेवा र आपत्कालन (इमर्जेन्सी) सेवा गरी सात हजार २१९ जनाले सेवा लिएका छन् । यसअन्तर्गत ओपीडी सेवा पाँच हजार ३१७ र र आपत्कालीन सेवा एक हजार ९१२ जनाले प्राप्त गरेका छन्।रासस

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.