• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मिर्गौलाका बिरामीमा डायलाइसिस सेवाको महत्व

  •  मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

मिर्गौला मानव शरीरको अत्यन्त महत्वपूर्ण अंग हो, जसले रगतबाट फोहोर पदार्थ छानेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ तर विभिन्न कारणले मिर्गौलाले आफ्‌नो काम गर्न नसक्दा मिर्गौलाले राम्रोसँग काम नगर्ने अवस्था आउँछ, जसलाई चिकित्सकीय भाषामा किड्नी फेल्योर भनिन्छ । यस्तो अवस्थामा बिरामीको जीवन बचाउन आवश्यक पर्ने प्रमुख उपचार विधिमध्ये एक हो, डायलाइसिस सेवा ।

डायलाइसिस के हो ?

डायलाइसिस भनेको मिर्गौलाले गर्नुपर्ने कामलाई कृत्रिम तरिकाले गर्ने प्रक्रिया हो । यसमा मेसिनको प्रयोग गरेर रगतबाट फोहोर पदार्थ, अतिरिक्त पानी र विषाक्त तत्व हटाइन्छ । मिर्गौलाले राम्रोसँग काम गर्न नसक्ने अवस्थामा डायलाइसिसले बिरामीलाई जीवन धान्न सहयोग पुर्‍याउँछ ।

किन आवश्यक हुन्छ डायलाइसिस ?

जब मिर्गौला ८५–९० प्रतिशतसम्म कमजोर हुन्छ, तब शरीरमा फोहोर पदार्थ जम्मा हुन थाल्छ । यसले निम्न समस्या निम्त्याउँछ :

शरीर सुन्निनु

अत्यधिक थकान महसुस हुनु

बान्ता हुनु र भोक नलाग्नु

सास फेर्न गाह्रो हुनु

मुटु र अन्य अंगमा असर पर्नु

यस्तो अवस्थामा डायलाइसिस नगरेमा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्छ । त्यसैले डायलाइसिस जीवनरक्षक उपचार हो ।

डायलाइसिसका प्रकार

डायलाइसिस मुख्यतः दुई प्रकारका हुन्छन् :

हेमोडायलाइसिस (Hemodialysis)

यसमा बिरामीको रगतलाई मेसिनमार्फत बाहिर निकालेर सफा गरिन्छ र पुनः शरीरमा पठाइन्छ । यो प्रक्रिया सामान्यतया हप्तामा २–३ पटक अस्पतालमा गरिन्छ ।

पेरिटोनियल डायलाइसिस (Peritoneal Dialysis)

यसमा पेटभित्र रहेको झिल्ली (peritoneum) प्रयोग गरी शरीरभित्रै रगत सफा गरिन्छ । यो घरमै पनि गर्न सकिने विधि हो ।

डायलाइसिस सेवाको महत्व

१. जीवन बचाउने प्रमुख उपाय

डायलाइसिसले मिर्गौला फेल भएका बिरामीको जीवन बचाउन मद्दत गर्छ । नियमित डायलाइसिस बिना यस्ता बिरामी धेरै दिन बाँच्न सक्दैनन् ।

२. शरीरको सन्तुलन कायम राख्ने

यसले शरीरमा पानी, नुन र अन्य रासायनिक तत्वहरूको सन्तुलन मिलाएर राख्छ, जसले अन्य अंगहरूलाई स्वस्थ राख्न सहयोग गर्छ ।

३. लक्षण नियन्त्रणमा सहयोग

डायलाइसिसले बान्ता, थकान, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई कम गर्छ र बिरामीलाई सामान्य जीवन जिउन सहयोग पुर्‍याउँछ ।

४. मिर्गौला प्रत्यारोपणसम्मको सहारा

डायलाइसिस स्थायी उपचार होइन, तर मिर्गौला प्रत्यारोपण ९प्ष्मलभथ त्चबलकउबिलत० नगरेसम्मको लागि महत्वपूर्ण सहारा हो ।

५. जीवनको गुणस्तर सुधार

नियमित डायलाइसिसले बिरामीलाई दैनिक जीवनका काम गर्न सक्षम बनाउँछ र मानसिकरुपमा पनि सशक्त बनाउँछ ।

नेपालमा डायलाइसिस सेवा

नेपालमा पछिल्ला वर्षहरूमा डायलाइसिस सेवा विस्तार हुँदै गएको छ । सरकारी अस्पतालहरूमा निःशुल्क वा सहुलियत दरमा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले आर्थिक रुपमा कमजोर बिरामीलाई ठुलो राहत दिएको छ ।

अझै पनि दुर्गम क्षेत्रमा सेवा पहुँच सीमित छ । उपकरण, जनशक्ति र पूर्वाधार अभाव चुनौतीका रुपमा रहेका छन् ।

चुनौतीहरू

डायलाइसिसको उच्च खर्च

नियमितरुपमा अस्पताल जानुपर्ने बाध्यता

ग्रामीण क्षेत्रमा सेवा अभाव

पर्याप्त प्रशिक्षित जनशक्तिको कमी

बिरामी र परिवारलाई आर्थिक तथा मानसिक दबाब

बच्ने उपायहरू

मिर्गौला रोगबाट बच्न निम्न उपाय अपनाउनु आवश्यक छ :

नियमित स्वास्थ्य जाँच गर्ने

मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्ने

पर्याप्त पानी पिउने

धुम्रपान र मद्यपान त्याग्ने

सन्तुलित आहार र व्यायाम गर्ने

डायलाइसिस सेवा मिर्गौला फेल भएका बिरामीका लागि जीवनरक्षक उपचार हो । यसले केवल आयु लम्ब्याउने मात्र होइन, जीवनको गुणस्तर सुधार गर्ने काम पनि गर्छ । नेपालमा यसको पहुँच विस्तार हुँदै गए पनि अझै सुधार आवश्यक छ ।

समयमै रोग पहिचान, नियमित उपचार र स्वस्थ जीवनशैली अपनाएर मिर्गौला रोगबाट बच्न सकिन्छ । डायलाइसिसको महत्व बुझ्‌दै यस सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउनु आजको आवश्यकता हो ।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.