• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

  •  बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट स्थानीयस्तरमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको हो ।

हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताउनुभयो । खुङ्खानीमा समाज काठमाडौँ र स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट रु २८ लाख बढी रकम सङ्कलन गरी रु १८ लाखमा जग्गा खरिद गरेर अस्पताल निमार्ण सुरु गरिएको थियो । विसं २०७८ मा पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण सुरु गरिएकामा पुनर्निमार्णको म्याद सकिएसँगै सघन सहरी विकास कार्यालय बागलुङले कामको जिम्मा लिएको थियो ।

करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त अस्पतालले खुङ्खानी स्वास्थ्यचौकीबाट प्रदान गरिँदै आइएको सम्पूर्ण सेवा उपलब्ध गराउने तमानखोला गाउँपालिका–५ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हीराबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार आधुनिक संरचनाअनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । “अहिलेलाई नयाँ भौतिक संरचनामा रहेर अत्याधुनिक र सुविधासम्पन्न सेवा थप होला भन्नेमा आशावादी छाैँ”, स्थानीय तेजमान र्सिपालीले भन्नुभयो, “अस्पताल निर्माण हुनु भनेको यहाँका स्थानीयका लागि ऐतिहासिक उपलब्धि हो । यसले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

अब गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । उहाँले प्राथमिक उपचारको लागि मात्र नभएर अन्य थप सेवा पनि लिनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । तमानखोला गाउँपालिका-५ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो । यसले स्थानीयवासीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आधारभूत अस्पतालमो मापदण्डा पूरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदासम्म भने स्वास्थ्यचौकीकै सेवा प्रदान भइरहने छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उपाध्यक्ष हीराकुमारी छन्त्यालको भनाइ छ । अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने विश्वास स्थानीयको छ।रासस

बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.