• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

  •  सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
सिरहा । जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार गर्नु हो ।
उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’को महत्वबारे जोड दिँदै भन्नुभयो, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण गर्न सकिन्छ ।” उहाँले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक रूपमा पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिनुभयो । ‘हेलेन केलर इन्टरनेसनल’को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको छ ।
हेलेन केलरका क्षेत्रीय सुपरीवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भन्नुभयो, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था लेखाजोखा गर्ने लक्ष्य राखेका छौँ । समुदायमै पुगेर गरिने यो मूल्याङ्कनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ ।” साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रियस्तरको अध्ययन हुनसकेको छैन ।
दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्थाको स्क्रिनिङ गर्नेछन् र जटिल अवस्था देखिएमा तत्काल उपचारका लागि सन्दर्भ केन्द्रमा प्रेषण गरिनेछ ।रासस

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.