• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

  •  सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
सिरहा । जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार गर्नु हो ।
उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’को महत्वबारे जोड दिँदै भन्नुभयो, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण गर्न सकिन्छ ।” उहाँले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक रूपमा पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिनुभयो । ‘हेलेन केलर इन्टरनेसनल’को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको छ ।
हेलेन केलरका क्षेत्रीय सुपरीवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भन्नुभयो, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था लेखाजोखा गर्ने लक्ष्य राखेका छौँ । समुदायमै पुगेर गरिने यो मूल्याङ्कनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ ।” साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रियस्तरको अध्ययन हुनसकेको छैन ।
दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्थाको स्क्रिनिङ गर्नेछन् र जटिल अवस्था देखिएमा तत्काल उपचारका लागि सन्दर्भ केन्द्रमा प्रेषण गरिनेछ ।रासस

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.