पवन प्रसाद शाह
वीरगञ्ज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । श्री दीप नारायण आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुको निःशुल्क आँखा परीक्षण गरिएको हो ।
आँखा शिविरमा विद्यार्थी र शिक्षक गरी करिब ५१५ जनाको आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।
सो शिविर कार्यक्रमको सभापतित्व नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गर्नुभएको भियो, भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल रहनुभएको थियो । कार्यक्रममा पोखरेलले विद्यार्थीहरूलाई चश्मा तथा उपचारसम्बन्धी सन्देशमूलक पर्चा वितरण गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले यस किसिमका सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्दै नेपाल नेत्रज्योति संघलाई आभार व्यक्त गनृुभएको थियो ।
