• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

  •  बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।

लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब रु २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो । जसमा क्लिया मेसिन र पिटी÷आइएनआर मेसिन रहेका छन् ।

क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा गिरीले जानकारी दिनुभयो । त्यसैगरी, पिटी÷आइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ । त्यसैगरी, भरतपुर चितवनस्थित लोयल ट्रेडर्सले करिब रु २० लाख मूल्यका उपकरण उपलब्ध गराएको छ । जसअन्तर्गत पूर्ण रुपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।

बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ । यसैगरी, ‘सिविसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउन नपर्ने बताउनुभयो । उहाँका अनुसार अत्याधुनिक उपकरण जडानसँगै अधिकांश परीक्षण सेवा अब बन्दीपुरमै उपलब्ध हुनेछ । त्यस्तै, गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उपकरण सहयोगले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले बन्दीपुरसहित तनहुँका भानु, व्यास, आँबुखैरेनी पालिका, गोरखा र लमजुङका नागरिकले समेत स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो ।

बन्दीपुर अस्पतालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन् । हरेक दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन भइरहेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवाका कारण बिरामीलाई उपचारमा थप सहज भएको अस्पतालले स्पष्ट गरेको छ ।

हाल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको अस्पतालमा आँखा, प्रसूति, दाँत, प्रयोगशाला, ‘फार्मेसी’लगायत सेवा प्रवाह हुँदै आएको छ । विसं २०२२ साल स्थापना भएको बन्दीपर अस्पतालको निर्माणाधीन नयाँ भवन तयार भएसँगै सेवा विविधीकरण गरी गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रतिबद्ध रहेको सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो।रासस

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.