• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सेवाबाटै पहिचान बनाउनु भएका डा. सुदीप श्रेष्ठ

  •  बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

मृदुभाषी एवं सरल स्वभावका डा. सुदीप श्रेष्ठ नेपालमा क्यान्सर उपचारको क्षेत्रमा आफ्‌नो समर्पण र अनुभवका कारण परिचित हुनुहुन्छ । उहाँ हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रा.लि. हरिसिद्धि, ललितपुरमा कार्यरत हुनुहुन्छ । क्यान्सरका हजारौँ बिरामीको जीवन बचाएर उहाँ आशाको किरण बन्नु भएको छ । डा. श्रेष्ठको जीवनले देखाउँछ कि चिकित्सा केवल पेशा मात्र होइन, मानवताको सर्वोच्च सेवा पनि हो ।

प्रारम्भिक जीवन र प्रेरणा

वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. श्रेष्ठको जन्म सामान्य परिवारमा भएको हो । समाजमा क्यान्सर जस्ता जटिल रोगसँग जुधिरहेका मानिसहरूको अवस्था देख्दा उहाँको मनमा जीवन बचाउने चाहना जाग्यो ।

उहाँको चिकित्सा यात्रा त्यस्तै प्रेरणा र दृढ संकल्पबाट सुरु भयो । जवाहरलाल इन्ष्टिच्युट अफ पोष्ट ग्रयाजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (मद्रास विश्वविद्यालय, भारत) बाट एमबिबिएस पूरा गरेपछि डा. श्रेष्ठले इन्टरनल मेडिसिनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी तहको पढाइ पूरा गर्नुभयो । त्यसपछि श्रेष्ठले मेडिकल अंकोलोजीमा एड्भान्स्ड पोष्ट ग्रयाजुएट तालिम सकेर आफ्‌नो विशेषज्ञता क्यान्सर ९अङ्कोलोजी० क्षेत्रमा विकास गर्नुभयो । उहाँको सोच केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित थिएन, व्यावहारिक र क्लिनिकल अनुभवमा पनि उहाँ दक्ष हुनुहुन्थ्यो । यही कारणले क्यान्सर रोगका समस्याहरूलाई आत्मविश्वाससहित बिरामीलाई क्यान्सर रोगबाट परास्त गर्न उहाँ सफल हुनुभयो ।

क्यान्सर अस्पतालसँगको यात्रा

नेपालका क्यान्सर अस्पतालसँगको उहाँको यात्रा पेशागत जीवनमा एउटा महत्वपूर्ण मोड बनेको छ । नेपालमा रही डा. श्रेष्ठले हजारौँ बिरामीको उपचारमा प्रत्यक्ष संलग्नता जनाउनु भएको छ । क्यान्सरको नाम सुन्नासाथ धेरै बिरामीहरूमा डर र निराशा उत्पन्न हुन्छ । डा. श्रेष्ठको सकारात्मक दृष्टिकोण, स्पष्ट परामर्श र संवेदनशील व्यवहारले बिरामीहरूमा आशा जगाउँछ । उहाँले बिरामीलाई मानसिक र भावनात्मकरुपमा सेवा प्रदान गर्नुहुन्छ ।

“डाक्टर साबसँग कुरा गरेपछि आधा रोग त निको भएको जस्तो लाग्छ”, धेरै बिरामीले यस्तै भन्छन् । यो विश्वास र आशाको सम्बन्ध केवल उपचारमा सीमित छैन, बरु मानवता र करुणामा आधारित छ । मनमा क्यान्सर रोगलाई जित्ने आशाले आएका बिरामी र तिनका आफन्तसँग जब डा. सुदीप श्रेष्ठले रोग र उपचारका सम्भावनाका कुरा गर्नुहुन्छ, बिरामीले आफ्‌नो क्यान्सर रोगलाई परास्त गर्ने आत्मविश्वास पाउँछन् ।

डा. सुदीप श्रेष्ठको सबैभन्दा ठूलो विशेषता भनेको उहाँको मानवीय दृष्टिकोण हो । उहाँ बिरामीलाई केवल ‘रोगी’ को रूपमा होइन, एउटा जीवनको रूपमा हेर्नुहुन्छ । उपचारको क्रममा बिरामीको मानसिक अवस्था, पारिवारिक परिस्थिति र आर्थिक अवस्थाका साथै उनीहरू कुन ठाउँबाट आएका हुन् भन्ने कुरा ध्यानमा राखेर योजना बनाउनु उहाँको अर्को विशेषता हो । उहाँले बिरामीको अवस्था बुझेर उपचार विधि छनोट गर्नुहुन्छ र जहाँ आवश्यक हुन्छ, वित्तीय सहयोग र अन्य सामाजिक सहयोग पनि सुनिश्चित गर्नुहुन्छ । त्यसैले उहाँको उपचार केवल शारीरिक रोग निको पार्ने मात्र नभई मानसिक बल र आत्मविश्वास दिने खालको छ ।

जनचेतना र समाजसेवा

नेपालमा क्यान्सरका धेरैजसो बिरामीहरू ढिलो अस्पताल आउने गर्छन्, जसले उपचारको प्रभावकारिता घटाउँछ । डा. श्रेष्ठले यसलाई मध्यनजर गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सञ्चारमाध्यम, स्वास्थ्य शिविर र सार्वजनिक कार्यक्रममा क्यान्सरका प्रारम्भिक लक्षण, समयमै जाँचको महत्व र उपचार विकल्पबारे जानकारी दिनुहुन्छ । उहाँका प्रयासले धेरैलाई समयमै जाँच गराउन प्रेरित समेत गरेको पाइन्छ ।

चुनौती र संघर्ष

सामान्यतया क्यान्सर रोगको उपचार सजिलो छैन । नेपालमा स्रोत–साधनको अभाव, महँगो उपचार र बिरामीहरूको ढिलो आगमनले चिकित्सकहरूलाई चुनौती दिने गर्छ । डा. श्रेष्ठले आफ्‌नो यात्रामा यस्ता चुनौतीहरूको सामना गर्नु भएको छ । कतिपय अवस्थामा आर्थिक अभावका कारण बिरामीले उपचार रोक्नुपरेको देख्दा उहाँ भावुक हुनुहुन्छ तर यस्ता कठिनाइबीच पनि उहाँले आफ्‌नो सेवाभाव कम हुन दिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “चुनौती जति धेरै भए पनि बिरामीको जीवन जोगाउनु र पेशागत कर्तव्य बोध गर्नु मेरो प्राथमिकता हो ।”

समयसँगै क्यान्सर उपचारमा नयाँ–नयाँ प्रविधिहरू विकास हुँदै आएका छन् । डा. श्रेष्ठले आधुनिक प्रविधिहरू आत्मसात गर्दै बिरामीलाई उत्कृष्ट सेवा दिनुहुन्छ । उहाँ अनुसन्धानमुखी सोचका साथ नयाँ औषधि र उपचार विधिको अध्ययन गर्नुहुन्छ र व्यवहारमा लागू गर्नुहुन्छ । यसले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको स्तर बढाउन महत्वपूर्ण योगदान दिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिलाई नेपालमा प्रयोगयोग्य बनाउने प्रयास उहाँको अर्को विशेषता हो । श्रेष्ठ आबद्ध नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा माथि उल्लेख गरिएका जस्तै क्यान्सर रोगको पहिचान र उपचारका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक प्रविधिहरूबाट बिरामीलाई सेवा दिइन्छ ।

बिरामीसँग भावनात्मक सम्बन्ध

क्यान्सर उपचार लामो र कठिन प्रक्रिया हो । यस क्रममा बिरामी र चिकित्सकबीच गहिरो सम्बन्ध बन्ने गर्छ, जुन अति आवश्यक पनि छ । डा. श्रेष्ठले धेरै बिरामीसँग यस्तो सम्बन्ध बनाउनु भएको छ, जसले उपचारलाई प्रभावकारी बनाएको छ ।

उहाँका धेरै बिरामी उपचारपछि पनि उहाँसँग सम्पर्कमा रहन्छन् । आफ्‌नो जीवनका महत्वपूर्ण क्षणहरूमा उहाँलाई सम्झन्छन् । यो सम्बन्ध विश्वास, सम्मान र मानवतामा आधारित छ ।

डा. श्रेष्ठले आफ्‌नो पेशालाई केवल व्यवसायको माध्यम नभई समाजसेवाको माध्यमका रूपमा लिनुभएको छ । उहाँ विभिन्न स्वास्थ्य शिविरहरूमा निःशुल्क सेवा दिनुहुन्छ । आर्थिकरूपमा कमजोर बिरामीलाई सहयोग गर्न सधैं तत्पर रहनुहुन्छ उहाँ ।

डा. सुदीप श्रेष्ठको लक्ष्य केवल व्यक्तिगत सफलता होइन । उहाँ नेपालमा क्यान्सर उपचारलाई सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन चाहनुहुन्छ । आधुनिक प्रविधिसहितको उपचार प्रणाली विकास गर्नु, जनचेतना अभिवृद्धि गर्नु र दक्ष जनशक्ति उत्पादनमा योगदान दिनु उहाँको प्रमुख उद्देश्य हो ।

उहाँको सपना छ — नेपालमै विश्वस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने, जसका लागि बिरामीहरूले विदेश जान नपरोस् । यो सपना पूरा गर्न उहाँले निरन्तर अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्दै आउनु भएको छ ।

डा. श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर सेन्टर काठमाडौँ, ओम अस्पताल तथा अनुसन्धान केन्द्र काठमाडौँमा काम गरिसक्नु भएको छ । उहाँ नेपाल क्यान्सर सपोर्ट समूह काठमाडौँ, इन्टरनेशनल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्च, अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी, सार्क फेडेरेसन अफ अंकोलोजिष्ट र एसियन क्लिनिकल अंकोलोजी सोसाइटीलगायत दर्जनौँ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।

श्रेष्ठको परिकल्पना नेपालमै क्यान्सर रोगको उच्चस्तरीय उपचार सस्तो र सरल तरिकाले सबै वर्गले सहजरुपमा सेवा लिने र दिने गरी विकास होस् भन्ने रहेको छ । उनको यो परिकल्पना साकार पार्न सरकारी तवरबाट पनि सहयोग आवश्यक छ । यदि यो परिकल्पना पूरा गर्न सकियो भने क्यान्सर रोगको उपचारका लागि कुनै पनि नेपाली विदेश जानु पर्ने छैन ।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.