जौवारी । बुलिङटार गाउँपालिका र मध्यविन्दु प्रादेशिक अस्पतालको आपसी समन्वय तथा सहकार्यमा जौवारी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
जौवारी स्वास्थ्य चौकी स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष विजय थापाको अध्यक्षतामा सञ्चालित शिविरमा स्थानीय बासिन्दाहरूलाई लक्षित गरी विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो।
शिविरमा प्रदान गरिएको सेवाहरूमा स्त्री तथा प्रसूति रोग सेवा (पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ – VIA टेस्ट, स्तन क्यान्सर परीक्षण), बाल रोग विशेषज्ञ सेवा, आँखा रोग परीक्षण तथा निःशुल्क शल्यक्रिया शिविर, निःशुल्क भिडियो एक्स-रे (Video X-Ray) सेवा थियो।
ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित शिविरलाई गाउँ-गाउँसम्म पुर्याउन, प्रचार-प्रसार गर्न तथा कार्यक्रम अवधिभर व्यवस्थापनमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय उपस्थिति र अतुलनीय सहयोग रहेको थियो।शिविरबाट थुप्रै स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू लाभान्वित हुनुभएको छ।
